३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

स्पोर्टस कार्निभलको तयारी पूरा

काठमाडौ– त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा बिहीबारदेखि स्पोर्ट्स कार्निभल हुने भएको छ। तीनदिने कार्निभलको सम्पूर्ण तयारी पूरा भएको आयोजक खेलसंसार डटकमले जनाएको छ।कार्निभलमा गत वर्ष आयोजकले प्रदान गरेको ‘खेलसंसार प्लेयर अफ द मन्थ' भएका ९ खेलाडीमध्ये एकलाई खेलसंसार प्लेयर अफ द एयरबाट पुरस्कृत गरिने छ। ९ खेलाडीमा भलिबलकी रमिला तण्डुकार, सुटिङकी स्नेह राज्यलक्ष्मी राणा, किक बक्सिङका कान्छालाल वाइबा, करातेका सुनील लामा, बास्केटबलका सदीश प्रधान, पौडीकी श्रेया धिताल, भारोत्तोलनकी तारादेवी पुन, उसुकी झरना गुरुङ र फुटबलका भरत खवास छन्। 
विजेताको चयन एसएमएस भोटिङका आधारमा गरिनेछ। विजेताले स्कुटर र माउन्टेनबाइकसहित नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।
कार्निभलमा कराते, बक्सिङ, तेक्वान्दो, उसु, जुडो, स्केटिङ, रोलबल, स्केटबार्ड र मुवाथाइका खेल खेलाइने छ। अन्तिम दिन रेस्लिङको प्रदर्शनी हुने मूल आयोजक कमिटीका महासचिव गणेशलाल कक्षपतिले जानकारी दिए।
कार्निभलमा स्पोर्टस फेसन शो पनि हुनेछ। फेसनको कोरियोग्राफी प्रीति श्रेष्ठ र अरुणा श्रेष्ठले गर्नेछन्। नेपाल कराते महासंघको सहकार्यमा हुने कार्निभलको उद्धेश्य हेर्नु, खेल्नु र रमाउनु रहेको छ। कार्निभलमा नेपाल र माल्दिभ्सबीच मैत्री बास्केटबल पनि खेलाइने छ।


१ देखि ४. रिब्स अन्तरस्कुल बास्केटबलमा राराहिल विरुद्ध बल अगाडि बढाउदै इनोभेटिभका अजय कुँवर।
५. रिब्स अन्तरस्कुल जुनियर फुटबलमा रिब्स र लोयल्टी (नीलो) बीचको खेल।
६. स्पोर्ट्स कार्निभलको तयारी बारे जानकारी गराउदै आयोजकका पदाधिकारी।
७. सिक्स ए साइड फुटबलमा क्लब मोसेस (सेतो) र लक्की ब्वाइजबीचको खेल।

प्रकाशित: २३ वैशाख २०७१ २०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App