३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

जुनियर राष्ट्रिय ब्याडमिन्टन पोखरामा

काठमाडौं– नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा ३७औं जुनियर राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पोखरामा हुने भएको छ । प्रतियोगिता वैशाख २८ देखि ३१ सम्म हुने आइतबार पत्रकार सम्मेलनमा आयोजक संघका उपाध्यक्ष बलभद्र नकर्मीले जानकारी गराए ।

राष्ट्रिय प्रतियोगितालाई सिनियर, जुनियर र टिम इभेन्ट गरी तीन भागमा विभाजन गर्ने ब्याडमिन्टन संघको निर्णयअनुसार जुनियरको छुट्टै राष्ट्रिय प्रतियोगिता गर्न लागिएको संघका महासचिव रामजीबहादुर श्रेष्ठले बताए । विगतमा उक्त तीनवटै इभेन्ट समावेश गरी एकैसाथ राष्ट्रिय प्रतियोगिता हुने गथ्र्यो ।
प्रतियोगितामा संघमा आबद्ध ४१ जिल्ला र ३ विभागीय टोलीका करिब २ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ । ब्वाइज र गल्र्सको यु–१५ र यु–१७ उमेर समूहमा सिंगल खेल हुनेछ । त्यस्तै भेट्रान्स ४५ र ५५ वर्षमाथि डबल्समा प्रतिस्पर्धा हुनेछ ।
चारदिने प्रतियोगिता गर्न करिब १६ लाख रुपैयाँ खर्च हुने उपाध्यक्ष नकर्मीले बताए । नेपाल निर्माण व्यवसायी महासंघ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

प्रकाशित: २१ वैशाख २०७१ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App