स्थानीय जडिबुटी, अदुवा, लसुन, पिना, गहुँत आदिको मिश्रणबाट जैविक मल बनाएको भन्दै घिमिरेलाई रुद्रप्रसाद ओली कृषि पुरस्कार प्रदान गरियो भने समाज सेवामा अग्रणी भूमिका खेलेको भन्दै भद्रकुमारी घलेलाई गौरादेवी ओली आदर्श आमा पुरस्कार प्रदान गरिएको थियो। दुवै पुरस्कारको राशी एक लाख एक हजार एकसय ११ रुपैयाँ रहेको छ।
त्यसैगरी बाल अधिकारका क्षेत्रमा योगदान पुर्याएको भन्दै रुकुमका १४ वर्षीय शुभसन्देश गौतमलाई ५१ हजार एक सय ११ रुपैयाँको देवी ओली स्मृति बाल पुरस्कार प्रदान गरिएको थियो।
विविध क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने पुरस्कार सन् २०१२ मा स्थापना गरिएको हो।
प्रकाशित: ६ वैशाख २०७१ २०:१४ शनिबार





