२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय लिगः फ्रेन्डसको विजयी सुरुवात ,श्री भगवती र चर्च ब्वाइजले अंक बाँडे

एन्फा राष्ट्रिय लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा फ्रेन्डस क्लबले विजयी सुरुवात गरेको छ।  

बुधबार भएको राष्ट्रिय लिगको उद्धघाटन खेलमा क्राकेविहार युवा क्लबलाई ३-१ ले पराजित गर्दै  फ्रेन्डस क्लबले लिगमा विजयी सुरुवात गरेको हो। फ्रेन्डसका लागि प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईँले समान १-१ गोल गरे।  

त्यस्तै, आजै भएको दिनको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र श्री भगवती टोखा क्लबले एक-एक गोलको बराबरी खेलेका छन्।  

सातोबाटोस्थित एन्फा कप्लेक्समा भएको खेलमा श्री भगवतिले खेलेको ४५औँ मिनेटमा अग्रता लिएको थियो। श्री भगवतीको लागि हरिहर बुढा मगरले गोल गरे।  

त्यसपछि चर्च ब्वाइजको लागि खेलेको ५६ औँ मिनेटमा एरिक विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए।  

बुधबार सुरु भएको सो लिगमा कूल १७ टोलीले सहभागिता जनाएका छन्।

प्रकाशित: ३० पुस २०८२ १८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App