नेपाली कांग्रेस दुवै संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षका पत्र निर्वाचन आयोगमा पुगिसकेका छन्। विशेष महाधिवेशन पक्षले आफूहरू विशेष महाधिवेशन गरिरहेको जानकारी हिजै आयोगलाई दिएको खुलेको छ।
यस्तै आज संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाहीको पत्र आयोगमा बुझाएको छ।
तर, दुवै पत्र पत्र हेर्न नपाइएको आयोगले जनाएको छ।
प्रकाशित: ३० पुस २०८२ १८:५१ बुधबार





