‘चित्रले हाम्रो भाषा, सभ्यता र कलाकारिता कस्तो थियो भन्ने कुरा बताउँछन्। इतिहास जान्न यस्ता चित्रको ठूलो महत्व छ,' एकारामले भने। उनले बनाएका २५ थान चित्रमा सतीप्रथा, बोक्सी, राजकीय सपथ तथा मर्यादा जस्ता विषयले स्थान पाएका छन्।
एकारामले विदेशमा रहेका यी चित्रलाई त्यहाँको संग्रहालयमा महत्व दिएर राखेका कारणले पनि यिनको ऐतिहासिकता पुष्टि हुने बताए र ती चित्रलाई फर्काउन सरकारले चासो लिनुपर्ने आवश्वयकता औंल्याए। हराएका धेरै चित्र अमेरिका, बेलायत, अस्ट्रेलिया र भारतका संग्रहालयमा रहेको एकारामको कथन थियो। प्रदर्शनी आइतबारसम्म चल्नेछ।
प्रकाशित: ६ वैशाख २०७१ २०:११ शनिबार





