सिन्धुपाल्चोक – सीमा प्रहरी चौकी कोदारीले तातोपानीबाट काठमाडौं आइरहेको एक यात्रुवाहक जिपबाट एक किलो सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
बा११च ३०१९ नम्बरको बलेरोका यात्रुको चेकजाँच गर्दा चिनियाँ नागरिक ३३ वर्षीय जेपिङ हीले बोकेको झोलामा सुन भेटिएको थियो। सुरुमा प्लास्टिकले र त्यसपछि कार्टुनले बेरेर ल्यापटप बोक्ने झोलाको भित्रपट्टि राखिएको अवस्थामा सुन बरामद भएको डिएसपी भरत बोहोराले जनाए।
यसअघि हिजो मात्र बाह्रबिसेमा १० किलो सुनसहित तीन जना पक्राउ परेका थिए।
प्रकाशित: १६ फाल्गुन २०७० ०४:१५ शुक्रबार





