मनोहरा फाँटमा २०३१ सालमा करिअरको शव फेला परेको थियो। तत्कालीन अनुसन्धानमा हत्यामा संलग्न व्यक्ति नखुलेकाले पछि पेस गर्नेगरी मुद्दा तामेलीमा थियो। डेढ महिनाअघि महानगरीय प्रहरी परिसर भक्तपुरले मुद्दाको अनुसन्धान प्रक्रिया सुरु गर्दा केन्द्रीय कारागारमा कोनी जे. ब्रोनिच हत्याको सजाय काटिरहेका चार्ल्सलाई भक्तपुर प्रहरीले बोलाएर बयान लिएको थियो। जिल्ला सरकारी वकिल भरतमणि रिजालले प्रहरीले अनुसन्धान गरी बुझाएको राय–सुझावबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार सजायको मागदाबी गर्दै अभियोगपत्र बुझाएको बताए।
कोनी हत्या अभियोगमा जिल्ला अदालत काठमाडौंबाट आजन्म काराबासको सजाय पाएका शोभराज २०६३ सालमा नेपाल आउँदा पक्राउ परेका थिए। पक्राउ परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले हत्या अभियोग ब्युँताएको थियो। अमेरिकी नागरिक कोनीको हत्या अभियोगको मुद्दा ब्युँतिए पनि भक्तपुरको हत्या तामेलीमै थियो। उनी केही महिनापछि कोनी हत्याको सजाय कटाएर केन्द्रीय कारागारबाट रिहा हुँदैछन्।
प्रकाशित: १९ चैत्र २०७० २०:०५ बुधबार





