५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

भारतमा बेचिएका बालकको उद्धार

कपिलवस्तु— ६ महिना अघि बेचिएका सर्लाहीका एक बालकको सकुशल उद्धार गरिएको छ। सर्लाही पत्थरकोट ६ का जडसिंह माझीका १५ वर्षीय छोरा गणेश माझीको उद्धार गरिएको हो। राम्रो काम लगाइ दिने प्रलोभनमा पारी अत्रौली–९, खोरगाउँ सर्लाहीकै दलाल बिरबहादुर बलले बालकलाई भारत पुर्या्एका थिए।दलालले बालकलाई भारतको दिल्ली पश्चिम पुर्‌याएर एक व्यक्तिको घरमा बेचेको बालका पिता जड सिंहले बताए। घर मालिकसँग मोलमोलाई गरी रकम बुझेर बालकलाई त्यहीँ छाडी दलाल फरार भएका थिए।

भारतमा घरमालिकले यातना र कुटपिट गरेकोले आफूले निकै दुःख भोग्नु परेको बालकले बताए । आर्थिक अभावमा पढ्न नसकी धन कमाउने प्रलोभनमा परी दलालको फन्दामा परेको उनले बताए। घर मालिकबाट भागेर भारतीय प्रहरीको शरणमा पुगका उनलाई प्रहरीले बालगृहको जिम्मा लगाएको थियो। बालकका अभिभावकले प्रहरी र बिभिन्न संघ संस्थामा हराएको छोराको खोजतलासका लागि निबेदन दिएका थिए।

भारतको दिल्ली स्थित प्रवासी नेपाली मित्र मञ्चको सहकार्यमा पीआरसीले बालकलाई उद्धार गर्न सफल भएको भूमिराज भट्टराईले बताए। उद्धार गरिएको बालक माझीलाई अभिभावको जिम्मा लगाइएको छ। बालककी दिदी माइली माझीलाई समेत वीरबहादुरले बेचेको रहस्य समेत खुलेका भट्टराईले बताए। उनकी दिदी भने अझै भेटिएकी छैनन्। घटनामा संलग्न दलाल भने फरार छन्।

प्रकाशित: १९ चैत्र २०७० ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App