७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

सामूहिक बलात्कार आरोपमा ४ पक्राउ

भैरहवा– रुपन्देही मर्चवारकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवा पक्राउ परेका हुन्। उनीहरूविरुद्ध प्रहरीले जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ।
रोहिणीहवा ७ की १८ वर्षे युवतीले चैत ९ गते आफूमाथि सामूहिक बलात्कार भएको भन्दै दिएको उजुरीका आधारमा लुम्बिनी गाविसका ती युवा पक्राउ परेका हुन्।मर्चवारका प्रहरी नायब उपरीक्षक बलराम पौडेलका अनुसार पक्राउ पर्नेमा मोहम्मद सहिद, सुरेश कलवार, विष्णु ढाडी र सब्बीर अहमद छन्।
घरदेखि केही टाढाको खेतमा मटरकोसा टिप्न गएका बेला चैत ९ गते साँझ ५ बजेतिर ती युवाले खेतमै मुख थुनेर सामूहिक बलात्कार गरेको पीडित युवतीलाई उद्धृत गर्दै पौडेलले बताए। घटनालगत्तै युवतीले हारगुहार गरेपछि स्थानीयको सहयोगमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित: १५ चैत्र २०७० ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App