१५ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

महिला दिवसमा गायिकाको चटारो

काठमाडौं– ‘नबाँध न मलाई चल्न देऊ' गायिका क्रिस्टिना एलेनले पहिलोपटक सार्वजनिक कन्सर्टको यात्रा यही गीतबाट सुरु गरिन्। सर्वप्रथम कन्सर्टमा सहभागि भएकी उनीले शनिबार आयोजित ‘वुमन इन कन्सर्ट'मा प्रस्तुति दिँदा दर्शकहरुले समेत साथ दिएका थिए।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित विभिन्न कन्सर्टहरुमा गायिकाहरु व्यस्त देखिए। लैनचौरमा वुमन इन कन्सर्ट र वसन्तपुर डबलीमा ‘भ्वाइस् अफ वुमन'मा नेपाली गायिकाहरुको सामूहिक कन्सर्ट प्रस्तुत गरे। गायिका कुन्ती मोत्तानले ‘माथिमाथि सैलुंगेमा' गीत लैनचौरमा सुनाएर वसन्तपुरको ‘भ्वाइस् अफ वुमन' कन्सर्ट भ्याउन हतारिएकी देखिन्थिन्। उनीमात्र नभएर अरु गायिका दुवैतिर कन्सर्ट भ्याउन तत्पर थिए। 
‘कहिलेकाहीँ विभिन्न ठाउँमा कन्सर्ट जुध्दा भ्याइनभ्याई हुन्छ। फेरि सबैतिर पुग्नैपर्ने हुनाले स्वास्थ्यको ख्याल राख्न सकिन्न,' गायिका रिमा गुरुङले भनिन्। कन्सर्टमा प्रायः नदेखिइने गायिका तारा थापाले ‘वुमन इन कर्न्सट'मा गाइन्। उनले ‘सैथरी बाजा' गीत सुनाइन्। वुमन इन कन्सर्टको यो ११ औं शृंखला हो। 
‘महिला नेतृत्वका लागि होउँ जम्मा, घरदेखि संविधानसभासम्म' नारा लिएर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको राजधानीका कन्सर्टमा नयाँ र पुराना गायिकाहरुले सहभागिता जनाए। निर्भया फाउन्डेसनले कन्सर्ट गरेको हो। गायिका आनीछोइङ डोल्मा, तारा थापा, कुन्ती मोक्तान, रिमा गुरुङ होडा, अभया सुब्बा एन्ड द स्टिम इन्जन्स्, सिने गुरुङ, प्राश्ना शाक्य, श्रेया सोताङ, शीतल मोक्तान, सीमा संग्रौला, नट्टु शाह, क्रिस्टिना एलेन, सुजाता शाह, माइती नेपाल र दृष्टि नेपालका प्रतिनिधि लगायत दुई दर्जन गायिकाहरुले गीत प्रस्तुत गरेका थिए। 
त्यस्तै ‘भ्वाइस अफ वुमन'मा कुन्ती मोक्तान, रिमा गुरुङ, मल्लिका कार्की र एन्जिला श्रेष्ठ लगायत गायिकाले गीत प्रस्तुत गरे। ‘नारी दिवसमा नारी सशक्तिकरणसम्बन्धी विभिन्न कार्यक्रम अन्तर्गत कर्न्सट पनि समावेश गरेका हौं। सामाजिक कार्यका गरिएको कन्सर्टबाट संकलित रकम नारीको शिक्षामा खर्च गर्दैछौं,' आयोजक अध्यक्ष रश्मिला प्रजापतिले भनिन्।

प्रकाशित: २४ फाल्गुन २०७० २२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App