नौ हजार पाउने आशमा बुटवलसम्म चरेस पुर्यापउने जिम्मा लिएकी पाण्डवखानी–१ की माया श्रीस बाग्लुङ बजार आइपुग्दा पक्राउ परेकी हुन्। उनका पति चार वर्षदेखि बेखबर छन्। रक्सी पारेर दुई छोराछोरी पाल्दै आएकी श्रीसले चरेस बुटवल पुर्यारएबापत नौ हजार भाडा र खानपानका लागि दुई हजार दिने आश्वासन दिएको बताइन्। 'बुटवल पुर्याुए नौ हजार पाइने भनेपछि पैसाको आशले ल्याएँ,' उनले भनिन्, 'श्रीमानको पत्तो छैन। छोराछोरीको बिचल्ली हुनेभो।'
श्रीसले पाण्डबखानी–१ का दलबहादुर खत्रीले बुटवल बसपार्क पुर्यानउन भनेर चरेस दिएको प्रहरीसमक्ष वयान दिएकी छन्। श्रीससँगै चरेस ल्याउने पाण्डवखानी–१ की ५० वर्षीया यामकुमारी श्रीस र देवी श्रीस पनि सामान्य महिला हुन्। उनीहरु उपचारका लागि बाग्लुङ आउँदा चिनजानकी मायाले तीनजना मिलेर लैजाऊँ, पैसा हुन्छ भनेपछि झोलामा हालेर ल्याएको बताए। 'घरमा बूढाले नलैजा भनेका थिए,' यामकुमारीले पश्चाताप मान्दै भनिन्, 'उपचार खर्च होला भनेर ल्यायौं, यो हालत भयो।'
यामकुमारी र देवीले बाग्लुङसम्म ल्याएपछि बुटवलसम्म माया एक्लैले पुर्याेउने योजना रहेको तीनजनाले प्रहरीसमक्ष बयान दिएका छन्। यामकुमारीले बजारमा रहेका छोराबुहारी भेट्न र देवीले आँखाको उपचार गर्न बजार आउने क्रममा चरेस ल्याएको स्वीकारे। तीन वर्षकी छोरी च्यापेर आएकी देवीले दिमाग बिग्रिएर दशा लागेको बताइन्।
ग१ज ४९६७ नम्बरको पिकअप जिपमा बाग्लुङ बजार आइपुगेपछि चालकसहित चारजनालाई ३६ किलो चरेससहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए। 'तीन महिलालाई चरेस ओसार–पसारमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,' डिएसपी गुरुङले भने, 'चरेसका मुख्य क्रेता र बिक्रेताको खोजी भइरहेको छ।'
पक्राउ परेका जिप चालक रणसिंहकिटेनी–९ का हिमाल घर्ती हुन्। बरामद भएको चरेसको मूल्य करिब ३६ लाख रुपैयाँ भएको प्रहरी सहायक निरीक्षक शैलेन्द्र खड्काले बताए। 'तस्करले महिलालाई आर्थिक प्रलोभनमा पारेको प्रारम्भिक वयानमा देखिएको छ,' खड्काले भने, 'अनुसन्धान गरेर लागुपदार्थ ओसारपसार ऐनअनुसार मुद्दा चलाउछौं।' चरेस बुटवल हुँदै भारत पुर्या उने योजना रहेको हुनसक्ने प्रहरीको अनुमान छ।
एक महिनादेखिको पीडा नघटेपछि पाल्पास्थित लुम्बिनी अस्पताल पुर्यामइएकी राधाको पाठेघरबाट चिकित्सकले कपडा निकाल्दा जिल्ला अस्पताल तम्घासको लापरबाही खुलेको हो
प्रकाशित: २४ फाल्गुन २०७० २२:१८ शनिबार





