१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

अन्सारी हत्याका अभियुक्त पुर्पक्षमा

बारा– बारा जितपुर–३ का अफताब अन्सारी हत्याका अभियुक्त भारत उत्तरप्रदेश जोनपुर किरातन ग्रामपञ्चायतका रवि पाण्डे भन्ने राजेश मिश्र र आर्चपुरम सपना कोलनी सेक्टर सी लखनउ बस्नेे विपीन यादव भन्ने महम्मद फरहद पुर्पक्षका लागि बुधबार जेल चलान भएका छन्।जिल्ला अदालत बाराका न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको एकल इजलासले मिश्र र फरहदलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको श्रेस्तेदार रोशन भट्टराईले जानकारी दिए।
अभियुक्तहरुको संलग्नता अन्य हत्यामा समेत रहेको आशंकामा थप अनुसन्धानका लागि अदालतले पुर्पक्षमा राख्ने आदेश दिएको उनले बताए। बारा प्रहरीले आफ्नो अनुसन्धानमा अभियुक्तहरु कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र जबरजस्ती लुटपाटमा संलग्न देखिएको अनुसन्धान पत्र जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको थियो। 
जिल्ला सरकारी वकिलको कार्यालयले दुवैमाथि सर्वस्वसहित जन्मकैद मागदाबी गर्दै मुद्दा चलाएको थियो। अफताब अन्सारीको पुस १७ गते मध्याह्न १२:०० बजे घर बनाउने मजदुरलाई काममा खटाइरहेका बेला गोली हानी भागेका सुटरलाई इनर्वासिरा प्रहरी चौकीमा कार्यरत प्रहरीले पक्राउ गरेका थिए।

प्रकाशित: १६ फाल्गुन २०७० २०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App