१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

रक्तचन्दनको तेलसहित पक्राउ

काठमाडौं - रक्तचन्दनको काठ तस्करीको विकल्पमा रक्तचन्दनको तेल तस्करी हुन थालेको पाइएको छ। प्रहरीले ५ लिटर रक्तचन्दनको तेल जफत गरेपछि तस्करीको 'नयाँ धन्दा'को खुलासा भएको हो।

चाबहिल बस्ने अर्घाखाँची जिल्ला मोरङ गाविसका ३९ वर्षीय दधिराम आचार्य र महाराजगंज बस्ने २८ वर्षीय भानु आचार्यलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सुराकीको आधारमा महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले रक्तचन्दनको तेल सहित डिल्लीबजारबाट उनीहरुलाई पक्राउ गरेको हो।

प्रकाशित: १४ फाल्गुन २०७० ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App