नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा शनिबार सम्पन्न प्रतियोगितामा ५५ केजी तौल समूहमा भक्तपुरका सुरेश दुवालले स्वर्ण, काठमाडौंका रवि महर्जनले रजत र रुपन्देहीका प्रदीपकुमार कर्माचार्यले कांस्य पदक जिते। ६० केजीमा काठमाडौंका सुजन तामाङले स्वर्ण, रुपन्देहीका कृष्णप्रसाद श्रेष्ठले रजत र कास्कीका कमल भण्डारीले कांस्य जिते। काठमाडांैका सचित प्रधानले ६५ केजी तौलको स्वर्ण जित्दा भक्तपुरक रामकृष्ण तमाखुले रजत र बाँकेका इसा अली सिद्दिकीले कांस्य जितेका छन्। काठमाडौंका ज्ञाननारायण महर्जन ७० केजी तौलले स्वर्ण जिते। उक्त तौलमा मोरङका इन्द्र सापकोटाले रजत र रुपन्देहीका मनोज अग्रवालले कांस्य जितेका छन्।
७५ केजीमा काठमाडौंका महेश्वर मर्हजन, बाँकेका दीपेन्द्रबहादुर खत्रीर बर्दियाका खगेन्द्रप्रसाद धमला, ८० केजीमा सुनसरीका तोर्णबहादुर भुजेल, काठमाडौंका किरण श्रेष्ठर ललितपुरका पुजन महर्जन तथा ८० केजी माथिकाभ्रेपलाञ्चोकका सरोज मानन्धर, बर्दियाका लालबहादुर परियारर ललितपुरका जय महर्जनले क्रमशः स्वर्ण, रजत र कांस्य जितेका थिए।
विजयीलाई बाँकेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली, रुद्रध्वज गण राँझाका कर्णेल लव थापा, सशस्त्र प्रहरी उपरीक्षक राजु मर्हजन लगायतले पुरस्कृत गरे।
श्यामद्वारा संन्यास
नेपाली शारीरिक सुगठनका एकमात्र विश्व च्याम्पियनसिपका पदक विजेता श्याम श्रेष्ठले खेलाडी जीवनबाट शुक्रबार संन्यास लिएका छन्। श्यामले सन् २०१० मा भारतको बनारसमा भएको दोस्रो डब्लुबिपिएफ पुरुष विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा कांस्य जितेका थिए। विभिन्न ९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका श्यामले २००१ मा नेपालमा सम्पन्न दोस्रो दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए।
नेपाल व्यायाम मन्दिरबाट करियर थालेका काठमाडौं छेत्रपाटीका ४२ वर्षे श्यामले अन्तिम प्रतियोगिताका रूपमा भैरवहामा गत वर्षको फागुनमा सम्पन्न दोस्रो अम्बुजा राष्ट्रव्यापी खुला शारीरिक सुगठन च्याम्पियनसिप खेलेका थिए।
'संन्यास लिएपनि कुनै न कुनै रूपमा शारीरिक सुगठनसँग आबद्ध भइरहन्छु। यो खेलबाट टाढा रहन सक्दिनँ,' श्यामले भने।
प्रकाशित: १० फाल्गुन २०७० २१:३२ शनिबार





