१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

३३ दल जनताबाट अलगिँदै : नेता नेपाल

रौतहट - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी सहित ३३ दलले लोकतान्त्रिक प्रकृयामा वाधा खडा गर्न थालेकोले जनताबाट एकलिने खतरा बढ्दै गएको बताएको छ।रौतहटको गौर नगरपालिका स्थित टिकुलिया टोलमा बुधवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दे नेता नेपालले उक्त कुरा बताएको हो।
 राजनीतिक पार्टीले राजनीतिक ढंगबाट प्रस्तुत हुन आग्रह गर्दे लोकतान्त्रिक प्रकृयामा बाधा अवरोध खखडा गरे जनता र अन्तराष्ट्रिय समुदायबाट एकलिने खतरा उत्पन्न हुने भएकोले यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने बताए।
 नेता नेपालले आन्दोलनरत पक्षको गुनासा र मागका विषयमा सम्बोधन गर्नका लागि छलफल गरी संविधान सभामा उपस्थिति र संविधान निमार्णमा सहभागितालाई सुनिश्चित गर्नका लागि वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने विचार व्यक्त गरे। नेकपा माओवादी सहित ३३ दलले बन्द हडताल, गोला बारुदका कुरा नगर्न सुझाव दिँदै नेता नेपालले भने चुनावी लहर सृजना भइसकेकोले अब कुनै पनि हालतमा चुनाव रोकिने छैन। 

प्रकाशित: २६ कार्तिक २०७० २३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App