स्याङ्जा- नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको यातायात बन्दको दोस्रो दिन मंगलबार स्याङ्जामा मोटरसाइकलमा आगजनी भएको छ भने ट्याक्सी तोडफोड गरिएको छ। बन्दकर्ताले पोखरा बाट स्याङ्जा तर्फ आउदै गरेको ग.६.प २१२५ नम्बरको हिरोहोण्डा मोटरसाइकल फेदिखोला–१ जलुकेमा आगजनी गरेको प्रहरीले जनाएको छ।पोखराबाट स्याङ्जा आउँदै गरेका खेम कुमार गुरुङ्को मोटरसाइकल ३/४ जना समुहमा रहेका बन्दकर्ताले पेट्रोल छर्केर आगजनी गरेको प्रहरी निरिक्षक सन्तोष तामाङले जानकारी दिए। आगजनीबाट मोटरसाइकल पूर्णपमा क्षति भएको छ। बन्दकर्ताले सोही स्थानमा पोखरा बाट आउँदै गरेको ग.१.ज ३६९३ नम्बरको ट्याक्सी तोडफोड गरेका छन।
मोटरसाइकलमा आगजनी गर्दे गर्दा आएको ट्याक्सी मा तोडफोड गरि सिसा फुटाएको निरिक्षक तामाङले जानकारी दिए। आगजनी गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २६ कार्तिक २०७० ०७:४६ मंगलबार