बर्दिया सदरमुकाम गुलरिया आइपुग्दा एउटा पिकअपमा अभियानमा निस्केका लत्ता कपडा,मिनरल वाटरका बाकस राखिएका छन् भने अर्को पिकअपमा प्रहरी छन्।
यस बाहेक सशस्त्र प्रहरीले बैग्ले नम्बर प्लेट गाडी प्रयोग गरेको देखिन्छ।
भारत सरकारले चुनावी सुरक्षाका लागि सरकारलाई उपलब्ध गराएका गाडी सुनौली भन्सार नाकाबाट नेपाल भित्रन साथ दाहालले आफ्नो अभियानमा प्रयोग गरेका हुन्। पिकअपका चालक जगदीश गिरीका अनुसार ती गाडी माहाकाली अन्चल प्रहरीका हुन्। उनले शनिबार रातिदेखि अभियान अन्तर्गत गाडी गुडिरहेको नागरिकन्युजलाई बताए। 'भन्सारबाट निकाल्न साथ यसैमा लाग्न भनियो,दर्ता गर्न पनि भ्याइएको छैन', उनले भने।
दाहाल आफू भने बा.१०च. ५७९८ नम्बरको महेन्द्रा कम्पनीको गाडीमा सवार छन्।
प्रकाशित: २५ कार्तिक २०७० ०२:३३ सोमबार





