५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

आचारसंहिताको धज्जी उडाउँदै परिवार दलका अध्यक्षद्वारा हेलिकोप्टर प्रयोग

रौतहट— दुर्गमका ११ जिल्ला बाहेक अन्य स्थानमा हेलिकप्टर चढेर निर्वाचनको प्रचार गर्न प्रयोग गर्न नपाइने आयोगको नियम उल्लंघन गर्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल हेलिकोप्टर चढेर रौतहटको चुनावी क्षेत्रमा ओर्लिएका छन्। मंगलबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर चार्टड गरी ढकाल सन्तपुर मटिऔनमा आयोजित चुनावी आमसभालाई संबोधन गर्न पुगेका थिए।ढकाल मंगलवार दिउँसो ३:३० बजे सभा स्थल नजिकै अवतरण भएको हेलिकोप्टर अध्यक्ष ढकाललाई सभास्थलमा छाडेर काठमाडौं फर्किएको थियो।

सुरक्षाकर्मिलाइ ढकाल हेलिकप्टरबाट आउने भएपछि आवश्यक सुरक्षा प्रबन्ध मिलाएका थिए। निर्वाचन आयोगले तराइका सुगम जिललाहरुमा हेलिकप्टर प्रयोग गरेर चुनावी सभामा सहभागि हुन प्रतिबन्ध लगाएको छ। हेलिकप्टरको प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरित भएको जिल्ला निर्वाचन अधिकारी धनञ्जय झाले बताए।

हेलिकोप्टर प्रयोग बारे उजुरी परेमा ढकालविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन सकिने निर्वाचन अधिकारी झाले बताए। चुनावको समयमा गाउँमा हेलिकप्टर आएपछि हेर्नका लागि स्थानियहरुको भीड लागेको थियो।

अध्यक्ष ढकालले सिमरा र जनकपुरको फ्लाइट क्यान्सिल भएपछि दिउसोको ३ लागेको अवस्थामा निर्वाचन आयोगलाई जानकारि गराएर हेलिकप्टर चढेर सभा सम्बोधन गर्न आएको नागरिकन्युजलाई बताए।

प्रकाशित: १२ कार्तिक २०७० ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App