१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

‘बालेनसँग कुरा त ५ मिनेटमै मिल्यो, बाँकी समय त एक अर्कालाई चिन्न लाग्यो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहसँग आफूहरूबीच पदको भागबन्डामा कुनै विवाद नभएको र ५ मिनेटमै कुरा मिलेको दाबी गरेका छन्।

सोमबार जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै लामिछानेले भने, ‘हामीबीचको वार्ता केवल ५ मिनेटमै सकिएको हो। बाँकी समय त हामीले एक अर्कालाई चिन्न र बुझ्नका लागि मात्र खर्च गरेका हौँ।’

पुराना दलका नेताहरूबीच पदका लागि महिनौँसम्म बार्गेनिङ हुने गरेको प्रति व्यंग्य गर्दै उनले देश बनाउने साझा सपना भएकाहरूलाई मिल्न समय नलाग्ने बताए।

‘बालेनजीले आफ्नो सपना सुनाउनुभयो, मैले मेरो सपना सुनाएँ। जब सपना एउटै देखियो, तब पद को लिने र को ठूलो बन्ने भन्ने विषय गौण बन्यो,’ लामिछानेले भने, ‘हामीले एक अर्काको सपना साटासाट गर्यौँ। भेट भएको ५ मिनेटमै हामीलाई महसुस भयो कि हामी अब अलग–अलग होइन, सँगै हिँड्नुपर्छ।’

स्वर्णिम वाग्लेसहितको उपस्थितिमा भएको उक्त छलफलमा बालेनले देश बनाउने हुटहुटी देखाएपछि आफू पछि हटेर उनलाई नेता मान्न तयार भएको लामिछानेले बताए।

‘बालेनले देश बनाउँछ भन्ने विश्वास लागेपछि मैले मेरी आमाको तस्बिर हेरेर बालेनलाई अघि सार्ने निर्णय गरेको हुँ,’ उनले भने।

प्रकाशित: ५ माघ २०८२ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App