१ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

भारतीय भ्वाइस आर्टिस्ट अमित डिओंडी काठमाडौंमा

भारतका लोकप्रिय भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आएका छन्। उनी शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आएका हुन्।

चलचित्र विकास बोर्डले आयोजना गरेको भ्वाइस एक्टिङ तथा डबिङ तालिम कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएका हुन्।

अमितले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘अहिलेको दुनियाँमा विश्वभरिका कन्टेन्ट सजिलै हेर्न सकिन्छ। त्यसका लागि भाषाको माध्यमले ठूलो भूमिका खेल्छ। नेपाली भाषामा भ्वाइस डबिङको काम गर्न सक्ने धेरै अवसर छन्। यो तीन दिन मेरो अनुभव र मैले जानेका केही कुरा सिकाउने प्रयास गर्नेछु।’

अमित पहिलो पटक काठमाडौँ आएका हुन्। उनले अमेजन, नेटफिलिक्स तथा चर्चित प्लेटफर्मका लागि ३ हजार बढी सिरिज तथा फिल्ममा भ्वाइस डबिङ तथा लेखनको काम गरिसकेका छन्।

चलचित्र विकास बोर्डले आज आइतबारदेखि तीनदिने तालिम कार्यक्रम आयोजना गर्दैछ। दैनिक दुई घण्टा चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङको व्यवस्थापन सम्राट फिल्मस्ले गरेको छ।

प्रकाशित: १ चैत्र २०८२ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App