२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

अबको प्रधानमन्त्री बालेन शाह, म सारथी मात्र: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाह देशको आगामी प्रधानमन्त्री हुने बताएका छन्।

सोमबार जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै लामिछानेले आफू पछि हटेर भए पनि बालेनलाई देशको नेतृत्व सुम्पन तयार रहेको बताएका हुन्।

लामिछानेले गत निर्वाचनमा चितवनका जनताले आफूलाई सर्वाधिक मत दिएर जिताएको स्मरण गर्दै अबको निर्वाचनमा बालेन शाहको नेतृत्वमा रास्वपा देशकै ठूलो पार्टी बन्ने दाबी गरे।

‘हिजो सबैभन्दा धेरै मत ल्याउने सांसद म भएको थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी रास्वपा बन्नेछ,’ लामिछानेले भने, ‘मैले मेरी स्वर्गीय आमाको तस्बिर हेरेर भनेको छु- आमा, बालेनले देश बनाउँछ। त्यसैले अबको प्रधानमन्त्री बालेन शाह हुन्, म उनको सारथी मात्र हुँ।’

प्रकाशित: ५ माघ २०८२ १७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App