२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

क्षितिज थेबेको चुनावी खर्च २२ लाख ४२ हजार ५२५

प्रतिनिधि सभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बनेकाहरूले धमाधम निर्वाचन खर्च विवरण पेस गर्न थालेका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले उम्मेदवार क्षितिज थेबेले २२ लाख ४२ हजार ५२५ रुपैयाँ चुनावी खर्च भएको विवरण पेस गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले २४ लाख ९३ हजार रुपैयाँको खर्च विवरण पेस गरेका छन्। तुम्याहाङ थेबेका निटकतम् प्रतिष्पर्धी हुन्।

यस्तै श्रम संस्कृति पार्टीका सन्तोष राईले ३ लाख १९ हजार ५४५ रुपैयाँको चुनावी खर्च विवरण पेस गरेका छन्। आयोगले भौगोलिक अवस्थालाई आधार मानेर सुगम र दुर्गम जिल्लाका निर्वाचन क्षेत्रअनुसार फरक-फरक खर्च सीमा तोकेको हो।

आयोगले २५ लाख देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको थियो। ताप्लेजुङका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउँथे। आयोगले दुर्गमता, यातायात पहुँच, जनसंख्या तथा भौगोलिक अवस्थालाई आधार मानेर खर्च सीमा निर्धारण गरेको हो।

निर्वाचन ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्पूर्ण खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने प्रावधान रहेको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App