८ वैशाख २०८१ शनिबार
अन्य

रातो जुत्ता

कथा

देवकी के.सी.

मोतिलालको घर वीरगन्जको घण्टाघरबाट १७ किलोमिटर पश्चिमतर्पmको बहुअरी गाउँमा छ। घर पनि के भन्नु र? घर हुन त शौचालय, धारा तथा खुला हावाको प्रवाह हुन सक्ने कोठा हुनुपर्छ। यस्तो व्यवस्थित घर त उसको कल्पनामा मात्र थियो।  

जेजस्तो भए पनि गाउँमा उसको एउटा फुसको छाप्रो थियो। जताततै नगरपालिका बनाउने लहड चलेका बेला पूर्वाधार विकाससंग के मतलव भो र? नगरपालिका घोषणा गरिदिने तर पूर्वाधार विकासमा चाहिँ ध्यान नदिने सरकारी नीतिकै कारण उसको छाप्रो नगरपालिकाभित्र प¥यो। करको भारीले तालु किचिए पनि विकासको अभाव खेप्नुपरे पनि समयसँगै मोतिलाल नगरपालिकाको बासिन्दा बन्यो।  

बाँसका मसिना भाँटा गाडेर गोबर र माटोले लिपेको उसको छाप्रो देख्दा यस्तो लाग्थ्यो, एकदुईजना मानिसले छाप्रो सामुन्ने उभिएर जोडले श्वास फेर्दा पनि ढल्लाजस्तो।  

सरकारले दिएको रिङमाथि राख्ने प्यान किन्ने क्षमता नहुँदा शौचालयविहीन बनेको थियो ऊ। त्यसैले पनि लाजै पचाएर टाउकोदेखि अनुहारसम्म बेहुलीझैं छोपेर गण्डक नहरमा शौच गर्नु उसको बाध्यता बनेको थियो। अशिक्षा र गरीबीको जालोले घेरिएको मोतिलालले केही महिनाअघि मात्र सरकारले खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा गरेको कुरा सुनेको थियो।  

मोतिलालले वीरगञ्जको फुटपाथमा कयौको फाटेका जुत्ता सिलायो। पालिस दलेर जुत्ता चम्कायो। विडम्बना! गरीबीले फाटेको आफ्नो जीवन कहिल्यै सिउन सकेन। जुत्ता चम्काएभै भाग्य कहिल्यै चम्काउन सकेन।  

ढल्नै आँटेका छाप्रोबाट उसको गरीबी प्रस्ट झल्कन्थ्यो। लाजै पचाएर गण्डक नहरलाई शौचालय बनाइरहेका ऊ जस्ता धेरैलाई देख्दा यस्तो लाग्थ्यो खुला दिसामुक्त राष्ट्र घोषणाले सरकार र नागरिकलाई गिज्जाइरहेको छ। मोतिलालहरूका आँगन छेउमा चर्पी नबनेसम्म कसरी खुला दिसामुक्त राष्ट्र बन्छ?  

देवकी के.सी.

दैनिक ४५ मिनेट जति समय खटेर थोत्रो साइकलमा यात्रा गर्दै घण्टाघर चोकमा पुग्नु, त्यहाँ फुटपाथमा जुक्ता सिलाउने काम गर्नुबाहेक उसको आम्दानीको अर्को श्रोत छैन। घामपानी, धूलो केही नभनी काम गर्दा पनि छाक टार्न मुस्किल पर्ने उसको रोजगारीलाई पनि के रोजगारी भनेर परिभाषित गरौं ख्वै?  

मोतिलालले त्यही फुटपाथमा कयौको फाटेका जुत्ता सिलायो। पालिस दलेर जुक्ता चम्कायो। विडम्बना! गरीबीले फाटेको उसको जीवन कहिल्यै सिउन सकेन। जुत्ता चम्काएभैmं आफ्नो भाग्य कहिल्यै चम्काउन सकेन।  

तिहार र छठ पर्व नजिकिँदै गर्दा गाउँघर, बजार सबैतिर खुसीयालीसंगै व्यस्तता पनि थपिँदै थियो। नयाँ फुस लगाएर घरका छाना फेर्न व्यस्त थिए गाउँले। कपडाका टुक्रादेखि थाङ्नासम्म धोएर सुकाएका देखिन्थे। त्यस्तै माटो र गोबरले घर लिप्न पनि उत्तिकै व्यस्त थिए। सिमेन्टका पक्की घर हुनेहरूका घर रङ दलेर बेहुलीभैmं सिँगारिएको थियो। बजार तथा चोकमा लत्ताकपडादेखि सरसामानको व्यापार पनि हवात्तै बढेको थियो।  

वीरगन्जमा थामिनसक्नुको भीड थियो। जुत्ता, कपडा, भाँडावर्तन र किराना दोकान जताततै कमिलाका ताँतीभैm मान्छे। घण्टाघर चोक नजिकैको जुत्ता पसलमा पनि नयाँ डिजाइनका जुत्ता थपिए।  

मोतिलालले आफ्नो गोडामा एक जोर नयाँ चप्पल नफेरेको त एक दशकभन्दा पनि बढी भयो होला। तर उसले एकपटक एकजोर नयाँ जुत्ता किन्ने सपना देखेको थियो, त्यो पनि आफ्ना लागि होइन, सात वर्षे छोराको लागि। घामले फोका उठेका छोराको कलिलो पैताला मुसार्दै आँसु झारेकी श्रीमतीलाई देख्दा उसको मन छोराको पैतालाभन्दा बढी पोलेको थियो। त्यसैले आफूलाई भन्दा पनि छोराका लागि नयाँ जुत्ता किनिदिने सपना बोक्यो उसले ।  

बजारमा नयाँ लुगा लगाएर हातमा गुडिया हल्लाउँदै आमाबाबुसंग रमाएका केटाकेटीलाई देख्दा आँखाभरि आँसु पार्दै श्रीमती र छोरालाई सम्झन्थ्यो ऊ।  

‘मेरी श्रीमती र म पनि यस्तै लुगा लगाएर छोरालाई बजार घुमाउन ल्याउन पाए कति रमाइलो हुन्थ्यो होला! बजारको रमाइलो हेर्दा छोरा कति खुसी हुन्थ्यो होला! श्रीमतीलाई आजसम्म मैले एकजोर चप्पल त फेर्दिन सकेको छैन, कपडाको त के कुरा?’, उसले आफैंसँग संवाद ग¥यो।  

एक दिन उसले दह्रो निर्णय ग¥यो, ‘आज त जेसुकै होस् साँझ भान्सा रित्तै भए पनि छोराको लागि एकजोर जुत्ता किनेरै छाड्छु’ भन्दै ऊ जुत्ता दोकानमा पस्यो। विभिन्न रङ र डिजाइनका जुत्ता देखेर उसका आँखा तिरिमिरी बने।  

गण्डक नहरलाई शौचालय बनाइरहेका मोतिलाल जस्ता धेरैलाई देख्दा यस्तो लाग्थ्यो खुला दिशामुक्त राष्ट्र घोषणाले सरकार र नागरिक दुवैलाई गिज्जाइरहेको छ। मोतिलालहरूका आँगन छेउमा चर्पी नबनेसम्म कसरी खुला दिसामुक्त राष्ट्र बन्छ?  

छोराको गोडामा मिल्ने जुत्ता हातमा लिँदै सोच्यो, ‘अहिले मैले छोराको गोडालाई मिल्ने जुत्ता लगें भने अर्को वर्ष त छोरा ठूलो हुँदै जाँदा गोडा पनि बढ्छ। त्यति बेलालाई पनि काम लाग्ने ठूलो जुत्ता लैजान्छु। बरु अहिले ठूलो भए छोराले कपडाको टुक्रा कोचेर लगाउँछ नि।’  

हेर्दाहेर्दै उसले रातो जुत्ता हातमा लियो। अनि मनमनै भन्यो, ‘अहो ! बेटी भएको भए पो रातो जुत्ता बेस हुन्थ्यो, मेरो त बेटा प¥यो। तर पनि केही छैन, रातो राम्रो गुलियो मीठो भन्छन्।’

उसले त्यो जुत्ताको मोल सोध्यो।  

‘नौ सय रुपैयाँ’ दोकान साहु बोल्यो।  

मोतिलालले आत्तिँदै गोजी छाम्यो। दिनभरको कमाइ जम्मा तीन सय रुपैयाँ थियो।  

‘यति सानो बच्चाको जुत्ता पनि नौ सय रुपैयाँ?’, उसले अलि ठूलो स्वरमा सोध्यो।

‘खास मूल्य त १२ सय रुपैयाँ हो तर छठ पर्वको अवसरमा डिस्काउन्ट गरेर नौ सय रुपैयाँ मात्र’, साहुजीले प्रस्टीकरण दिए।  

साहुुको यस्तो जवाफ सुनेर मोतिलालको अनुहार जुत्ताको रङभन्दा पनि रातो भयो। यसपालि पनि छोरालाई जुत्ता किनिदिने सपना पूरा नहुने पीडाले उसको तालु मध्यान्हको घामले भन्दा पनि तातियो। जुत्ता नकिनीकनै ऊ थोत्रो साइकलमा गाउँतिर लाग्यो।

मनमा कुरा खेलाउँदै अनि साइकल कुदाउँदै सडकमा बढिरहेको मोतिलाल ‘गोजीमा कहिल्य नौ सय रुपैयाँ जम्मा होला र त्यो रातो जुत्ता किन्ने होला? त्यो रातो जुत्ता छोराको गोडामा कति धेरै सुहाउँछ होला? अघिपछि गाउँको हाटबजारमा भन्दा तिहार र छठको अवसरमा शनिवार विशेष मेला लाग्छ त्यो बेला अलि राम्रो कमाइ होला अनि रातो जुत्ता किनौला। बरु त्यो जुत्ता कतै अरूले पो लैजाने हो कि बैना दिएर पो आउनुपर्ने रहेछ कि।’ भन्ने सोचिरह्यो।  

मनमा कुरा खेलाउँदै अघि बढ्दा झण्डै ट्रकमा ऊ नठोक्किएको। ट्रकको चर्को आवाजले ऊ झसँग भयो र साइकल मोड्यो।  

घरमा पुगेपछि उसले चूपचाप छोराको अनुहारमा हेरिरह्यो।  

घामले फोका उठेका छोराको कलिलो पैताला मुसार्दै आँसु झारेकी श्रीमतीलाई देख्दा उसको मन छोराको पैताला भन्दा बढी पोलेको थियो। त्यसैले आफूलाई भन्दा पनि छोराका लागि नयाँ जुत्ता किनिदिने सपना बोक्यो उसले।  

त्यसको दुई दिनपछि पर्वका लागि भनेर लागेको शनिवारे मेलामा फलपूmल सब्जी, गुडिया, माछा, मासु, अण्डा, जेलेबी, भाडावर्तन सबै थिए। मोतिलाल र उसकी श्रीमती मिलेर जेलेवी पकाउँदै बेच्न बसे। पहलमानहरूको कुस्ती मेलाको अर्को आर्कषण थियो। खेत वरपर, घरका छतमा जताततै कुस्तीका दर्शक खचाखर्च थिए।  

माटोमा धुलाम्मे भएर पहलमानहरू विजेता बन्न कुस्ती खेलिरहेका थिए। यता मोतिलालको जोडीलाई कसरी धेरै व्यापार गरेर छोराको लागि जुत्ता किन्न सकिएला भन्ने चिन्ता थियो।  

मेलामा सबैले राम्रा लुगा लगाएर आएका देखिन्थे। मोतिलाल दम्पती भने फाटेकै लुगामा थियो। सुकेका रूख जस्ता उनीहरूका शरीर र फाटेका लुगामा उनीहरूको गरीबी झल्कन्थ्यो।  

मेला सकिएपछि साँझ घरमा पुगेर उनीहरू पैसा गन्न थाले। जम्माजम्मी पाँच सय रुपैयाँ कमाइ भएछ।  

‘अब चारपाँच दिन जति फुटपाथमा जुत्ता सिउने काम गर्दा त छोराको लागि जुत्ता किन्न सक्छु होला! तिहार आउन अभैm केही दिन त बाँकी छ नि’, उसले श्रीमतीलाई भन्यो, ‘यो पाँच सय रुपैयाँ गोजीमा जतनसँग राख है।’  

उनीहरूले छोराको गोडामा रातो जुत्ता लगाएको सम्झँदै सुते। त्यो दिन मस्त निदाए।  

बिहान आत्तिँदै श्रीमतीले घचघच्चाउन थालेपछि मोतिलालको निन्द्रा खुल्यो। ‘छोरालाई झाडापखाला लागेर निकै बिमार परेको छ, लौन डाक्टरकोमा लैजानु प¥यो’, श्रीमतीले रुन्चे स्वरमा भनेपछि मोतिलालले पनि जुरुक्क उठेर छोरालाई हे¥यो। छोराको अनुहार निकै गलेको थियो।  

उनीहरूले छोरालाई अस्पतालमा लगे। डाक्टरले झाडापखाला रोक्ने औषधिका साथै तागत बढाउन केही भिटामिन पनि लेखिदियो। छोराको उपचारमा लगभग पाँच सय रुपैयाँ खत्तम भयो। उपचारपछि छोरा बोकेर घर फर्कदै गर्दा  मोतिलालले श्रीमतीको अनुहारमा हे¥यो। श्रीमतीको अनिँदो आँखामा छोराको स्वास्थ्यमा आएको सुधार देखेर खुसी छाएको थियो।  

मोतिलालको मनमा भने यसपालि छोरालाई रातो जुत्ता किनिदिने सपना पूरा नहुने भो, यतिबेलासम्म त त्यो रातो जुत्ता अरूले नै किनेर लगिसक्यो कि भन्ने कुरा खेलिरह्यो। उसको मस्तिष्कमा दोकानमा देखेको त्यो रातो जुत्ताको गाढा छाप ताजै थियो।

‘खास मूल्य त १२ सय रुपैयाँ हो तर छठको अवसरमा डिस्काउन्ट गरेर नौ सय रुपैयाँ मात्र’, साहुजीले प्रस्टीकरण दिए। साहुुको जवाफ सुनेर मोतिलालको अनुहार जुत्ताको रङभन्दा पनि रातो भयो। छोरालाई जुत्ता किनिदिने सपना पूरा नहुने पीडाले उसको तालु मध्यान्हको घामले भन्दा पनि तात्तियो।

‘छोरा स्वस्थ होस्, अर्कोपटक त्योभन्दा पनि राम्रो जुत्ता किनौंला’ भन्दै उसले चित्त बुझायो। छोरालाई हेर्दै उसले भगवानसँग छोराको असल स्वास्थ्यको कामना ग¥यो। त्यतिबेला धुलाम्मे कच्ची सडकको दाँयाबाँया लस्करै बसेर जलेबी र खाना बनाएर बेचिँदैथियो। उसको छोराले जस्तै धेरै केटाकेटी मीठो मानेर जलेबी खाइरहेका थिए ।  

मोतिलाले सडकको धुलो उडेर जलेबीमा परेर मिसिएकै कारण छोरा बिमार परेको पत्ता लगायो। मेलाका नाउँमा अस्वस्थकर खानेकुरा व्यापार गर्ने आफूसँगै मेलाका सबै पक्ष सचेत हुनुपर्ने उसलाई लाग्यो।  

आफैंले बनाएको जेलेबीले झण्डै छोराको ज्यान लियो। त्यही मेलामा जलेबी खाने अरूको हालत कस्तो भयो होला? मोतिलाल ग्राहकका अनुहार सम्झन थाल्यो।

‘अब म पनि खुला दिसापिसाब गर्दिन। यस्तै फोहोरले रोग लाग्छ भन्ने कुरा खेलाउँदै उसले आँगनमा हे¥यो जहाँ नेपाल सरकारले दिएको रिङ कहिले शौचालय बन्छ भनेर प्रतिक्षा गरिरहेको थियो। उसले शौचालय बनाउने अठोट ग¥यो।  

त्यही बेला ‘भोक लाग्यो’ भन्दै रुन लागेको छोराको आवाजले झस्काइदियो। परिवारको भोकलाई निर्मूल पार्न संघर्ष गरिरहेको मोतिलालको शौचालय बनाउने सपना कहिले सार्थक होला? खुला दिसामुक्त राष्ट्र घोषणा गर्न हतारिने सरकारको दृष्टि मोतिलालको आँगनमा कहिले पुग्ला? 

प्रकाशित: २६ श्रावण २०७७ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App