दिनेश बस्नेत
पश्चिम नेपालमा भलाम नाम गरेको एउटा गाउँ थियो। गाउँको सिमानामा एउटा खोला थियो। खोला हिउँदमा सुकेर सानो हुन्थ्यो। वर्षामा उर्लेर आउँथ्यो।
खोलापारि पहिरो थियो। वारि गाउँमा घना वस्ती थियो। पहिरोको ओढारमा बाँदरका बथान बस्थे। उनीहरू गाउँको अन्न चोरेर खान पल्केका थिए।
चङ्खवीर नामको बाँदर त्यस बथानको जेठो सदस्य थियो। ऊ चोरेर खान निकै माहिर थियो। उसलाई दौडेर कुनै कुकुरले भेट्टाउन सक्दैनथ्यो।
वर्षा याममा गाउँमा मकै हुन्थे। त्यसै बेला बाँदरलाई टाढाटाढा खानेकुरा खोज्न जानु पर्दैन्थ्यो। वनमा डुलेर कन्दमूल खानु पर्दैन्थ्यो। मौका छोपेर बारीमा पस्थे। अनि फटाफट मकै भाँचेर भीरतिर दौडन्थे।
बहादुर चङ्खवीरलाई कसरी बुद्धिले पछार्ने भन्ने सोच्न थाल्यो। बाँदरले मकै लिएर भाग्ने भीरमा हेर्यो। डीलमा उभिएर जताततै गौरसँग हेर्यो। बहादुरले भीरमा अरिङ्गालको ठूलो गोलो देख्यो। उसको मनमा एउटा अक्कल सुझ्यो।
अरूले एकपल्ट मकै भाँचेर ल्याउँदा चङ्खवीरले दुईपल्ट ल्याउँथ्यो र भीरको एउटा अकेरोमा जम्मा गथ्र्यो। जब बाँदर मकैबारीमा पसेको हल्लीखल्ली हुन्थ्यो तब बहादुर नामको कुकुर बाँदर लखेट्न आउँथ्यो। भीरसम्म पुगेर भुक्दै बाँदरलाई गाली गथ्र्यो। चङ्खवीर भने उल्टै भीरको रूखमा बसेर हाँगो हल्लाउँदै गिजाउँथ्यो। बहादुर खिस्रिक्क मन पारेर फर्कन्थ्यो।
एक दिन बारीमा बाँदर पस्नेबित्तिकै बहादुरले थाहा पायो। अरू बाँदर बारीको छेउमा थिए। चङ्खवीर भने बारीमा पसेको थियो। छिटोछिटो हात चलाएर धेरै कमै भाँचेर थुपारेको थियो।
बहादुरले चङ्खवीरलाई भेट्टाउन फुर्तीसाथ दौडियो तर चङ्खवीर काँखीमा मकै च्यापेर झन् तेजसँग दौडियो। बहादुरले भेट्टाउन सकेन। ऊ भीरनेर पुगिहाल्यो। बहादुर भीरमा जान सक्ने तागत थिएन। चङ्खवीरले हेप्दै भन्यो, ‘तैले मलाई भेट्टाउन सात जुनी तपस्या गर्नुपर्छ।’
‘धेरै नबोल् चोर! के भीरमा बसेर बोलेको छस्। आँट भए माथि आइज न!’ बहादुरले चुनौती दिँदै भन्यो।
‘अघि आएको थिएँ नि माथि खोई, केही गर्न सकिनस क्यारे!’ चङ्खवीरले बांगो कुरा ग¥यो।
‘भागिहालिस् नि त। नत्र मैले जानेको थिँए। ल त एकपटक माथि आइज। अहिले म के गर्दोरहेछु!’ बहादुरले रिसले दाह्रा किट्दै भन्यो।
‘तँ भीरमा आइज न त, मैले पनि के गर्दोरहेछु।’ चङ्खवीरले चलाखीपूर्वक भन्यो। ‘म बाँदर हो र, भिरमा आउने?’ बहादुरले व्यंग्य गर्दै भन्यो।
‘मैले त बिर्सेको, तँ त कुकुर पो होेस्। मान्छेको सेवा गर्ने भाग्य लिएर जन्मेको कति गजबको जीवन है तेरो। खानलाई कतै केही गर्नु नपर्ने। मान्छेको घर र बारीको हेरचाह गरे हुने। हे भगवान्, सक्छौ भने मलाई पनि जर्को जन्म कुकुर नै बनाइदेऊ।’ चङ्खवीरले भगवान् पुकार्दै भन्यो।
उसको खिस्सी बहादुरलाई असह्य भयो। बहादुरले आँखा ठूला पारेर हेर्यो र भन्यो, ‘तँलाई कुनै दिन मैले जानेको छु।’
‘त्यस्तो दिन कहिल्यै आउँदैन। तैले टोक्ने कुरा गरेको होलास्। मलाई त के मेरा पुच्छर पनि भेट्टाउन सक्दैनस्।’ चङ्खवीरले खिल्ली उडाउँदै भन्यो।
उसका कुरा सुनेर बहादुरको रिस चौगुना थपियो। उसले रिसले काम्दै भन्यो, ‘मसँग लड्न सक्छस्? ल आइज माथि बारीमा एक्लाएक्लै लडौं।’
बहादुरका कुरा सुनेर चङ्खवीर खित्का छाडेर हाँस्यो।
‘किन हाँसिस चङ्खे चोर?’ तत्कालै बहादुरले भन्यो।
‘लड्ने बलले होइन बुद्धिले हो। जमाना कहाँ पुगिसक्यो, तँ घर नछाडेको पिँढी साँढेलाई के थाहा? बहादुर नाम के राखिदिएका थिए बलको धमास देखाउँछस् ए।’ चङ्खवीर कुर्लियो।
चङ्खवीरले मकै भुत्लाउँदै खाइरहेको थियो। उता बहादुरलाई पनि गिज्याइरहेको थियो, ‘ओई खान्छस्।’
बहादुरको मनमा उसले भनेको कुरा गड्यो। त्यो के भने लडाईँ बुद्धिले गर्नुपर्छ। चङ्खवीरले किन त्यसो भन्यो? बहादुरले केही बुझेन तर उसको भनाइ बिलकुल सत्य लाग्यो। त्यसपछि बहादुरले सोच्यो, ‘शत्रु भए पनि राम्रो सल्लाह दिइस्। अब म तँलाई बुद्धिको लडाइँले हराउँछु।’
बहादुर चङ्खवीरलाई कसरी बुद्धिले पछार्ने भन्ने सोच्न थाल्यो। बाँदरले मकै लिएर भाग्ने भीरमा हे¥यो। डीलमा उभिएर जताततै गौरसँग हे¥यो। बहादुरले भीरमा अरिङ्गालको ठूलो गोलो देख्यो। उसको मनमा एउटा अक्कल सुझ्यो।
अर्को दिन बाँदरको समूह मकै बारीमा आए। चङ्खवीर हूलको अगाडि आएर बारीभित्र पस्यो। बाँदर आएको थाहा पाएर बहादुर दौडिँदै आयो। अरू दिन जस्तै चङ्खवीर भीरमा गयो र बहादुरलाई गिज्याएर मकै खान थाल्यो।
चङ्खवीर र अरु बाँदर बसेको माथि रूखमा अरिङ्गालको गोलो थियो। बहादुरले एउटा ढुङ्गाले त्यो गोलालाई ताकेर हान्यो। गोलामा भ्वाक्क लाग्यो। अरिङ्गाल भुर्र उडे। छेउछाउका बाँदरलाई टोक्न थाले। सबै बाँदर घ्वाक्कघुँक्क र चुँचुँ ...गर्दै भाग्न थाले। चङ्खवीर पनि अरिङ्गालको टोकाइबाट आत्तिँदै रुख र झाँडीमा फाल हान्यो। तर जति भाग्दा पनि अरिङ्गालले उसको जीउभरि टोक्यो। अलिक पर पुगेर बाँदर रोए।
सबै अरिङ्गालको टोकाइको पीडाले मर्माहत भएका थिए। झन् चङ्खवीरलाई त सातआठवटा अरिङ्गालले टोकेका थिए। किनकि गोलो नजिकै ऊ नै थियो। चङ्खवीर आँसु झारिरहेको थियो। उता बहादुर डीलमा उभिएर हाँसिरहेको थियो।
‘देखिस् चङ्खे, बुद्धिको लडाइँ कस्तो हुँदो रहेछ।’ बहादुरले चोटिलो प्रहार ग¥यो। विचरा, चङ्खवीर केही बोलेन। बहादुरसँग हार खाएको महसुसले उसले शिर झुकायो।
प्रकाशित: १६ श्रावण २०७७ १०:१७ शुक्रबार