८ वैशाख २०८१ शनिबार
अन्य

पढाइमा लकडाउन प्रभाव

अभिनव ढुंगाना

कक्षा ५,

पााठशाला नेपाल फाउन्डेसन, नयाँ बानेश्वर, काठमाडौं ।

हाम्रो जीवन अमूल्य छ । हाम्रा जीवनका चार चरण छन्, ती हुन–बाल्यकाल, विद्यार्थी जीवन, मध्यकाल र वृद्ध अवस्था । यी सबै चरणहरूको धेरै महत्व छ । यीमध्ये विद्यार्थी जीवनको बारेमा म कुरा गर्न गइरहेको छु ।

बाल्यकाल र विद्यार्थी जीवनको अवस्था धेरै महत्वपूर्ण हुन्छ । हरेक मानिसको जीवनमा विद्याविना केही पनि पूर्ण हुँदैन । विद्यार्थी जीवनमा हामी बालबालिकाहरू धेरै काम गर्छौं । जस्तैः नयाँनयाँ साथीहरू बनाउने, नयाँनयाँ कुराहरू सिक्ने, नयाँनयाँ कुराहरूको अनुभव गर्ने, खेल्ने, शिक्षकको आदर गर्न सिक्ने, समाजमा घुलमिल हुन सिक्ने, रमाउने, रिसाउने आदि । 

मानिसहरूकै विनाशकारी कार्यले गर्दा कोरोना र लकडाउन भएको हो । हामी विद्यार्थी विद्यालय जान नपाएर धेरै क्षति भएको छ ।  यस्तो हुनु आफैंमा एउटा गम्भीर विषय हो । केही विद्यार्थी इन्टरनेटको माध्यमबाट अनलाइन क्लास लिँदै छन् । तर, केही विद्यार्थीको हकमा भने अनलाइन क्लास लिने अवस्था छैन ।

अनलाइन क्लासभन्दा विद्यालयमै  पढ्न नै धेरै प्रभावकारी हुन्छ । विद्यालयमा शिक्षकशिक्षिकाहरूसँगै बसेर पढ्दा निकै रमाइलो हुन्छ । घण्टौ उकालो चढेर, हातमा झोला बोकेर विद्यालय जाने विद्यार्थीहरूले अनलाइन क्लासको सुविधा कसरी पाउँछन् ? केहीको घरमा बत्ती हुँदैन भने केहीको विद्यालयमा अनलाइन क्लासको सुविधा नै हुँदैन । ती बालबालिकाहरूलाई सबैभन्दा धेरैै समस्या हुन्छ । पढ्न नपाउने विद्यार्थी औषधि नपाएको रोगीजस्तै हो ।जुन विद्यार्थी पढ्न पाएका छैनन् तिनीहरूलाई पढाउन एक उपाय खोज्नुपर्छ तर त्यस्तो उपाय भेटिएकै छैन । यही सबै कुराले विद्यार्थीहरूको पढाइमा प्रश्नचिन्ह उठेको हो ।

 म पनि एक विद्यार्थी हुँ र मलाई यो लकडाउनको अवस्थामा धेरै अनुभव भइरहेको छ । म अब ती अनुभवबारे केही कुरा गर्न गइरहेको छु । लकडाउनमा मलाई पनि अनलाइन क्लासमा धेरै समस्या परेको छ । जस्तै– अनलाइन क्लासमा बत्ती जाने, इन्टरनेटको समस्या हुने, कम्प्युटरलाई हेरेर बस्दा आँखा दुख्ने, शिक्षकशिक्षिकाको आवाज प्रष्ट नसुनिने आदि । विद्यालयमा हामीले शिक्षकशिक्षिकाहरूसँग अतिरिक्त क्रियाकलाप गरी राम्ररी पाठ बुझ्दा रमाइलो हुन्थ्यो  तर अनलाइन क्लासमा त्यस्तो रमाइलो नै हुँदैन। रमाइलो मात्र नभएर प्रश्नले भन्न खोजेको कुरा र उत्तरको तरीका पनि हामीले विद्यालयमै राम्ररी बुझ्थ्यौं । विद्यालयको पढाइ अनलाइन क्लासभन्दा धेरै राम्रो हुन्छ ।

अनलाइन क्लास पनि धेरै महत्वपूर्ण छ । जतिबेला विद्यालयमा गई पढ्दा रोग सर्न सक्छ वा संक्रमण बढ्नसक्छ, त्यतिबेला अनलाइन क्लास जस्ता उपाय अपनाउनुपर्छ । हामीले आफ्नो पढाइ छोड्नु हुँदैन । नयाँ कुराहरू सिक्न नपाए पनि पुरानै पढाइ भए पनि दोहोरयाउनुपर्छ   । यसले पहिला पढिएका कुराहरू ताजै राख्न मद्दत गर्दछ र विद्यालय खुलेपछि पाठलाई अगाडि बढाउन सरल हुन्छ ।

हरेक बालबालिका अनलाइन क्लासबाट होस् वा अरू माध्यमबाट यो अवस्थामा पनि अध्ययनशील हुनैपर्छ । अप्ठेरो भए पनि हामीले हरेक बालबालिकालाई अहिले पनि शिक्षा प्रदान गर्न सक्नुपर्छ ।  

प्रकाशित: ५ श्रावण २०७७ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App