१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

झापा-५ : श्रीमानका लागि भोट माग्दै बालेन्द्रपत्नी सविना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा-५ मा घरदैलो अभियान सुरु गरेको छ।

रास्वपाले बालेन्द्र शाहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभ्याएको छ। सोमबार बिहान बालेन्द्रपत्नी सविना काफ्लेको नेतृत्वमा उक्त कार्यक्रम चलेको थियो। दिनभरी नै यो कार्यक्रम जारी रहने जनाएको छ।

दमक-९ स्थित उराव बस्तीबाट बिहान ८ बजे सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर ११ बजे समापन गरिएको थियो।

कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए। जनताबाट प्राप्त सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले अभियानप्रति थप उत्साह मिलेको पार्टीले जनाएको छ।

यसैबिच, रास्वपाले आज दिउँसो तीन बजे झापा-५ मा कमल गाउँपालिका-५ स्थित पाडाजुगी चोकबाट अभियान जारी रहने उल्लेख गरेको छ। कार्यक्रम पाडाजुगी चोकबाट उत्तरतर्फ गुहेश्वरी टोल, टुक्रे र शसस्त्र चेकपोस्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्बिका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गरिने छ।

प्रकाशित: १२ माघ २०८२ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App