coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

संसारका सबै गुरुलाई प्रणाम !

गुरुपूर्णिमा

पृथ्वीराज चौहान

पृथ्वीराज चौहान  

कक्षा: ८, अक्षरा स्कूल, काँडाघारी, काठमाडौं  

आज गुरुपूर्णिमा। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धरकारको नाश गराउने व्यक्ति नै गुरु हुन्।  हिन्दूग्रन्थ महाभारतका लेखक वेदव्यासको जन्म दिनलाई हामीले गुरु पूर्णिमाका रुपमा मनाउँदै आएका छौं। त्यसैले यसलाई व्यास पूर्णिमा पनि भनिन्छ। परापूर्वकालमा गुरुकुलमा बसेर शिक्षादिक्षा लिने चलन थियो। गुरुले दिएका आध्यात्मिक, धार्मिक र व्यावहारिक ज्ञानको सम्मानस्वरुप गुरुको पूजा गर्ने चलन बसेको हो। 

हिन्दू मान्यताअनुसार गुरु भगवान हुन् जसले अज्ञानताको अध्यारोलाई हटाएर ज्ञानमार्गमा हिँडाउँछन्। गुरुले हाम्रा लागि गरेको मेहनत र योगदानको कदरस्वरुप हामी गुरु पूर्णिमाका दिन उनीहरूलाई सम्मानस्वरुप पुष्पगुच्छा, मिठाई र उपहार दिन्छौं।  

हाम्रो स्कूलकी प्रधानाध्यापक अञ्जु म्यामले विहानी सभामा दिएको जीवन दर्शन र सकारात्मक सोचको सन्देश हरपल कानमा गुन्जिरहन्छ। स्कूलकी निर्देशक नेहा म्याम, क्रिकेट प्रशिक्षक  पुरुषोत्तम झा, बबिता गुरुआमाका साथै सम्पूर्ण गुरुवर, डाइभर दाई तथा भान्साका दिदीदाईलाई नमन गर्दछु।  

हामीले सधैं गुरुको योगदान सम्झनुपर्छ। हामी हरेक दिन गूरुबाट केही न केही सिकिरहेका हुन्छौ। गुरु विनाको शिक्षा अधुरो हुन्छ। गुरु सधैं शिष्यका लागि आर्दश हुन्छन्। गुरुको ज्ञानले शिष्यले जिवनको लक्ष्य, उद्देश्य र जिम्मेवारी बोध गर्छ।  

तनहुँको सदरमुकाम दमौली बजारमा वेद व्यासको प्रतिमा। 

गुरु निस्वार्थ हुन्छन्। अनेक वाधा तथा अड्चन सहेर शिष्यलाइ एक पछि अर्को खुट्किला चढाउन सधैं मरिमेट्छन्। आफ्ना शिष्यको प्रगतिका लागि अनेक उपाय सोचेर पाठ तयार पार्छन्। गुरु एक, रुप अनेक भनेझैं शिष्यका लागि गुरु सारथी, अभिभावक, मार्गनिर्देशक, उत्प्रेरक र भविश्य निर्माता हुन्। शिष्यका हरेक गल्तीलाई गुरुले माफ गरिदिन्छन्। गुरु हरेक गाह्रो कामलाई सजिलो बनाई शिष्य माझ सधैं हँसिलो मुहार लिएर सहनशीलताको पाठ पढाउँछन्। गुरु अरुबाट आएका गाली, दोष अनि शिष्यका आलोचनालाईआफूभित्र राखी शिष्यलाई सुख दिन्छन्।

हाम्रो स्कूलकी प्रधानाध्यापक अञ्जु म्यामले विहानी सभामा दिएको जीवन दर्शन र सकारात्मक सोचको सन्देश हरपल कानमा गुन्जिरहन्छ। स्कूलकी निर्देशक नेहा म्यामप्रति पनि उत्तिकै आभारी छु, उहाँ हाम्रा कुरा सन्नुहुन्छ। त्यस्तै मेरा क्रिकेट कोच पुरुषोत्तम झा सधैं हामीलाई अवसर, चुनौती र नेतृत्व लिन प्रोत्साहन गर्नुहुन्छ।  

कोरोना भाइरसले गर्दा यसपाला स्कूलमा गुरु पूर्णिमा मनाउन पाइएन। यतिबेला म हाम्रा सम्पूर्ण गुरु, गुरुआमा, डाइभर दाई तथा भान्साका दिदीदाईहरूलाई नमन गर्दछु।  

बिशेषतः मेरो ससानो उपलब्धिमा पनि हौसला दिने र मुसुक्क मुस्कुराएर ‘केटोले केही गर्छ’ भन्ने बबिता गुरुआमाको मोठो बोली सम्झिरहेको छु। म धन्य छु यस्ती गुरुआमाको शिष्य बन्न पाएकामा। म सबै गुरुवरलाई हृदयदेखि नै धन्यवाद दिन्छु।  अन्त्यमा, कवी देवी नेपालको कविता ‘गुरु’मा भनिएको छ:  

आफू चलेर धर्तीमा उज्यालो गुरु छर्दछन

आफू गलेर मट्टीझैं मूर्ति निमार्ण गर्दछन।  

जसको स्नेहका सामु अरुको स्नेह व्यर्थ छ

जसको त्याग देखेर धर्ती माथ झुकाउँछ।

हो हामीले हाम्रा गुरुको सम्झना एक दिन मात्र हैन वर्षैभरि गर्नुपर्छ। हामीले उहाँहरूको सम्मानमा सधै शिर झुकाउनु पर्छ। प्रत्येक विद्यार्थीका भावना बुझेर पढाउने सबै गुरुवरलाई गुरुपूर्णिमाको शुभकामना!    

प्रकाशित: २१ असार २०७७ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App