९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

मेरो खुत्रुके

हार्दिक न्यौपाने

कक्षा—२,

अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।

मेरो खुत्रुकेमा दस हजार ६ सय रुपैयाँ छ । मेरो खुत्रुके माटाको हो । मेरो घरमा दुईवटा खुत्रुके छ । एउटामा १० हजार ६ सय अनि अर्काे सानामा ५ सय जति छ । आजै गितुले दस रुपैयाँ दिनुभयो । बाबाले डेढ सय दिनुभयो । हजुरबुबाले  सय रुपैयाँ दिनुभयो । पाँच रुपैयाँ मैले भेटें । अनि २० रुपैयाँ ममीले दिनुभयो । आज मात्रै ३ सय ९० रुपैयाँ भयो । पहिलो कमाइमै यति धेरै भयो । यो नयाँ खुत्रुकेमा त पहिलाको भन्दा पनि धेरै होला जस्तो छ ।  

मेरो पहिलो खुत्रुके दशैमा किनेको हो । खुत्रुकेको सुरुवात ठूलो खुत्रुकेबाट भयो । अनि आज सानो खुत्रुके किनेको हो । पहिलाचाहिं ठूलो खुत्रुकेमा भेट्नेबित्तिकै खुत्रुकेमा हाल्थें । मैले एकपटक त बाबाको हजार रुपैयाँ देखें टेबुलमा । त्यसलाई पनि खुसुक्क खुत्रुकेमा हाल्दिएँ । बाबाले थाहा पाउनुभयो । थाहा पाएर मलाई फलो गर्नुभयो । बाबाकै अगाडि चोरेको । चोरपुलिस खेलेको जस्तै भयो । मचाहिं चोर, बाबाचाहिं पुलिस । हाहा ।  

खुत्रुके 

बाबाले देऊ भन्नुभयो । मैले बाबालाई दिएँ । अनि बाबाले हालहाल भन्नुभयो । अनि मैले हालें । हजार देख्यो भने मलाई खुत्रुकेमा हालोंहालौं लाग्थ्यो । मलाई त हालौंहालौं लाग्थ्यो हजार देखेसी । धनी हुन्छु भनेर खुत्रुकेमा हालेको हो । धनी भयो भने मजैमजा हुन्छ । खेलौना किन्न पाइन्छ । खुत्रुकेमा पैसा भयो भने बस्न मिल्ने बाइक पनि किन्न मिल्छ । दराज किन्न मिल्छ । स्टोरीबुक किन्न मिल्छ । टेबुल किन्न मिल्छ । कपडा किन्न मिल्छ । कुर्सी किन्न मिल्छ । बदाम किन्न मिल्छ । पेन्सिल किन्न मिल्छ । गितार किन्न मिल्छ । खाट किन्न मिल्छ । पर्दा किन्न मिल्छ । इरेजर किन्न मिल्छ । चंगा किन्न मिल्छ । लट्टा किन्न मिल्छ । कपाल काट्न मिल्छ । दारी काट्न मिल्छ । मेरो दारी छैन तर अरू ठूला मान्छेका दारी छन् केटीबाहेक । पेनड्राइभ किन्न मिल्छ । स्कुलमा एडमिसन हुन मिल्छ । घर बनाउन मिल्छ 

घर फोहोर छ भने खरेटो किन्न सहयोग गर्छ । खास यो बेलामा मास्क किन्न मिल्छ । खास यो बेलामा खाना किन्न पनि मिल्छ । हामी बाहिर गएका छैनौं ।

खुत्रुकेमा पैसा राखेर हजुरबालाई ढाकाटोपी किन्दिने प्लान छ । दिदीलाई ल्यापटप किन्दिन्छु । बाबालाई पनि ल्यापटप किन्दिन्छु । अनि सेभिङ क्रिम किन्दिन्छु । ममीलाई स्कुटर मेकअप फम किन्दिनी प्लान छ । ठूलोबाबालाई एउटा गाडी किन्दिनी प्लान छ । ठूलोममीलाई भाँडाकुडा किन्दिन्छु । पैसा पनि दिन्छु । ठूलो ममीसँग पैसा छैन । केके ठूलोममीले नै किन्नुहुन्छ ।

 सुजिता दिदीलाई पेन्सिल र आर्ट कपी किन्दिन्छु । इना बुनेलाई मोबाइल किन्दिन्छु । आफूलाई केही किन्दिनँ । मलाई त ममीबाबाले किन्दिहाल्नुहुन्छ नि । सबैलाई किन्देपछि मसँग पैसा बाँकी रहँदैन । स्कुटरकै महँगो पर्छ ।

मेरो पहिलो खुत्रुके ममीले फुटाइदिनुभयो । मैले थाहा पनि पाइन । किनभने म निदाएको थिएँ । मैले भोलिपल्ट थाहा पाएँ । बुबाले खुत्रेकेमा हाल्न पैसा हाल्न दिनुभयो । खुत्रुके खोजेको पैसा हाल्न । लास्टमा त खुत्रुके फुटेको पो देखें । खुत्रुकेको फुटेको देख्दा म रोएँ । किनकि त्यसमा टन्नै पैसा थियो । पैसाचाहिं कहाँ गयो भनेर म रोएँ । मलाई बाबाले फकाउनुभयो । अब अर्काे खुत्रुके किन्नी, नरोऊ भन्नुभयो । पाइयो भने आजै किन्दिनी भन्नुभयो । पैसा बैंकमा लगेर राख्नी भन्नुभयो । अनि बैंकमा लगेर राख्दिनु पनि भयो । बैंकमा राख्दा आफ्नो अकाउण्ट खोलिन्छ । ब्याज पनि आउँछ रे । ब्याज भनेको के हो थाहा छैन । ममीले ब्याज पनि आउँछ भनेको । यो खुत्रुके पनि फुटाएपछि यो पैसालाई पनि बैंकमा राख्नी । अनि फुटाउँदाफुटाउँदा म अठार वर्ष भएपछि त्यसलाई त्यहाँबाट लिनी । ठूलोममीले भनेको १८ वर्षमा मात्र लिन पाइन्छ रे । त्यो बेलासम्म त १० लाख जति भइसक्छ होला । खोई एक करोडै पो हुन्छ कि । खोई एक करोड २० लाखै हुन्छ कि । बचत गर्नुपर्छ भनेर बाबाले भन्नुभको । बचत गर्दा भोलिपर्सि पैसा सकिएपछि सानैमा बचत गरेको पैसा निकाल्नहुन्छ नि त । लकडाउन भएको बेला बचत गरयो भने पछि खानेकुरा किन्न मिल्छ । त्यही भएर बचत गर्नुपर्छ । 

प्रकाशित: १३ असार २०७७ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App