१६ चैत्र २०८० शुक्रबार
अन्य

पृथ्वीलाई चिठी

हार्दिक न्यौपाने

कक्षा – २,

अक्षरा स्कुल, काँडाघारी काठमाडौं ।  

मेरो प्यारो पृथ्वी,

तिमीले हामीलाई हावा, पानी, खानेकुरा दियौ । तिमीलाई धन्यवाद !  अझै धेरै धन्यवाद तिमीले हामीलाई कहिले नसकिने माया दियौ । तिमीले हामीलाई हावा दियौ । तिमीले हावा दिएर हामीले  सास फेर्न सक्यौं । सास फेर्न नसकेको भए हामीहरू सबै मरथ्यौं ।  

तिमीले खेती गर्न माटो दियौ । त्यहाँ किसानले फल, चामल, तरकारी रोप्न पाए । फल, तरकारी, अन्न रोप्ने ठाउँ नभएको भए हामी खान नपाएर मरथ्यौं।  

पानी नपाएको भए हामी तिर्खाले मरथ्यौं। पानीले हरियाली बढाएको छ । हाम्रो वातावरणलाई सुन्दर बनाएको छ । पानीले गर्दा रूख उम्रेर फल फलेको छ । रूखले गर्दा हामीले शीतल पाउँछौं धेरै घाम भयो भने । साग उमार्न सघाएको छ पानीले । धनियाहरू उमार्न सहयोग गरेको छ । 

घामको प्रकाशले गर्दा बोटविरुवा ठूला भएका हुन् । घाम नभएको भए हामी पनि बाँच्दैनथ्यौ । घाम नभएको भए पृथ्वी अँध्यारो हुन्थ्यो । अँध्यारो भएको भए बोटविरुवा उम्रदैनथ्यो । डाइनोसर मरेजस्तै मान्छे पनि मर्थे । पृथ्वी पनि सूर्यकै टुक्रा हो । पहिला धेरै तातो थियो । अहिले चिसो भयो । त्यही भएर मान्छेहरू जन्मिए ।

पृथ्वी आज म तिमीलाई वाचा गर्छु कि तिमीलाई सधैं सफा बनाउँछु । हरियाली बनाउनी बाचा गर्छु । प्लान्ट रोप्नी बाचा गर्छु । प्लान्ट रोप्यो भने हामीले अक्सिजन पाउँछौं । खास त पिपल बोटले धेरै अक्सिजन दिन्छ । हाम्रो घरै पिपलबोटमा छ । म पिपलचाहिँ रोप्दिनँ । आज रोप्न सक्दिनँ । किनभने बाहिर जान सकिंदैन । पृथ्वीलाई कोरोनाले सर्वनाश बनाएको छ । लकडाउनमा घरमै सानासाना प्लान्ट रोप्छु । गमलामा रोप्छु । लकडाउन सकिएपछि बाहिरतिर रोप्छु । बारीमा रोप्छु । सर्प गएपछि बारीमा रोप्छु । बारीमा सर्प आएको छ । मैंले रूख रोपेपछि पोलुसन रोकिन्छ । विश्व वातावरण दिवसमा यही प्रमिस गर्छ मेरो प्यारो पृथ्वी । 

प्रकाशित: २३ जेष्ठ २०७७ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App