६ वैशाख २०८१ बिहीबार
अन्य

जनावरका खुबी

हार्दिक न्यौपाने

कक्षा २

 अक्षरा स्कुल काँडाघारी काठमाडौं   ।  

जनावरमा यस्तो हुन्छन्, कुनै कुनैले मासु मात्रै खान्छ । कुनैले दुइटै खान्छ । कुनैले घाँस मात्र खान्छ ।  

जनावरसँग एउटा एउटा खुवी हुन्छ । बाँदरसँग झुण्डिने खुबी हुन्छ । चिन्पाजीसँग पनि त्यही हो । चिम्पान्जीसँग फाइट गर्ने खुबी हुन्छ । अनि बलियो हुन्छन् । उँटमा चाहिं तातोतातो माटोमा हिंड्ने खुबी हुन्छ । खासमा रेगिस्तानमा हुन्छ उँट । अनि उँटलाई एकचोटि पानी खुवायो भने दुई दिनसम्म पानी खुवाउनै पर्दैन ।  

गाईको पनि खुवी छ । दुध दिंदा उसलाई दुख्दैन । त्यो उनीहरुको खुबी हो । उनीहरु पहिला घाँस निलेर घाँटीमा राख्छन् । अनि निकाल्छन घाँस । अनि एउटा एउटा गरेर निकाल्दै चपाउँछन् । यस्तो खुबी हुन्छ गाईमा ।

चरामा उड्ने खुबी हुन्छ । चराले दाना, किराफट्याङग्रा खान्छ । चिलले माछामासु खान्छु । चरामाचाहिं उड्ने खुबी हुन्छ के । रुखमा बस्दा पनि नलड्ने ।  

बाघसँग मान्छे र एनाकोन्डा मार्ने खुबी हुन्छ ।  

न्याउरी मुसाले सर्पलाई मारिदिन्छ । सर्पले भ्यागुता खान्छ । मुसा खान्छ । तर, न्याउरी मुसाले सर्प खान्छ ।  

हात्तीलेचाहिं धेरै केरा खान सक्छन् । धेरै मोटा पनि हुन्छन् । उनीहरुको खुबी १०÷१५ वटा छन् । यहाँचाहिं म दुई वटा मात्र खुबी भन्छु । सँुडभित्र पानी हाल्नी खुबी, मान्छेलाई पर्छाने खुबी हुन्छ । धेरै फल खाएर त्यसको बोक्रा या त्यसको बियाँ खाइदिने खुबी छ ।  

खरायोसँग पनि खुबी हुन्छ । के थाहा छ ? छिटो दौडने खुबी हुन्छ । परैबाट सुघ्ने खुबी पनि हुन्छ । मान्छे टङग्रङटङग्रङ गर्दै हिंडेर आयो भने खरायोले थाहा पाइहाल्छ अनि भाग्छ ।

घोडाको खुबी पनि दौडने नै हो । तर खरायोभन्दा घोडा बलियो हुन्छ । चितुवा पनि धेरै कुद्न सक्ने खुबी हुन्छ । चितुवालाई पनि कम छैन घोडाभन्दा । मान्छेभन्दा त कति टाढा दौडन सक्छ ।  

सर्पसँग पनि विष खाने खुबी छ । अजिंगरसँग मान्छे नै खाइदिने खुबी हुन्छ । अजिगरको त कुरै नगरौं । तर बाघले अजिंगरलाई मारिदिन सक्छ । सिंहले चितुवालाई पनि मारिदिन सक्छ । कुकुरको पनि खुबी हुन्छ । कुनै कुकुरसँग रेविज ल्याउने खुबी हुन्छ । कहीं न कहींबाट रेविज ल्याउँछन् । फोहोर पानी, आचीसाची पनि खाइदिन्छ । कुकुरको अर्काे खुबीचाहिं थरीथरीका आवाज निकाल्छ । अनि चोर लखेट्ने खुबी पनि हुन्छ कुकुरसँग ।  

कालो विरालाको खुबी आखा निलो पार्न सक्छ । उल्लुको पनि खुबी छ । आफ्नो टाउको पछाडि फर्काउन सक्छ । उल्लु बिहान सुतेर बेलुका उठ्छ । चमेराको गुफा बस्ने खुबी हुन्छ । लोखर्केचाहिं एक नम्बरको चोर हुन्छन् । रुखमा गएर हाडे बदाम पनि खाइदिन्छन् । रुखमा जे फल्छ त्यही खाइदिन्छन् । लोखर्के भएको रुखमा कसैले पनि फलफुल चार्नै सक्दैन । किनभने लोखर्केले नै चोर्दिहाल्छन् ।  

मुसाको पनि खुबी हुन्छ । मुसाले टोकिदियो भने हान्ता भाइरस आउछ । मुसाको आची भएको ठाउँमा हान्ता फाइरस हुन्छ भनेर थाहा पाउनुपर्छ । माछाको खुबीचाहिं हो के । बोल्न सक्दैन तर माछाको भाषाचाहिं बुझ्छ । किनभने ऊ माछा हो नि त । माछालाई चाहिं खानै बनाको हो के ।  

गोरुलेचाहिं १० जना मान्छे भए पनि एक्लै सिङले हान्न सक्छन् । यो गोरुको खुबी हो ।  

मान्छेको खुबीचाहिं भन्नै सकिंदैन । सबै छ । रुख चढ्ने । भ¥याङ चढ्ने । काँध चढ्ने । हिमाल चढ्ने । मान्छेमा नभको खुबी भन्ने केही छैन । अरु जनावरमा एकदुई वटा खुबी हुन्छन् भने मान्छेमा त कति हजार खुबी हुन्छन् हुन्छन् ।  

मैंले यी कुरा मोबाइलमा युट्युव हेरेर थाहा पाएको हो । मलाई मन पर्ने भिडियो लाइक पनि गरेको छु । म साइन्स पनि पढिराखेको छु नि त । तर, साइन्स पढे पनि म साइन्टिस्ट बन्ने होइन क्यारे । एक्टर बन्ने हो एक्टर ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App