बलिउडकी चर्चित गायिका नेहा कक्कड् हाल एक पोस्टलाई लिएर चर्चामा छिन्। उनले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गरिन जसमा उनले लेखेकी छिन्–‘जिम्मेवारी, सम्बन्ध, काम र सबै कुराबाट विश्राम लिने समय आएको छ। मलाई थाहा छैन म फर्कन्छु कि फर्किन्न।’
उनको पोस्ट पछि उनको प्रशंसकले चिन्ता गरेका छन्। गायिकाको जीवनबारे प्रशंसकको चासो बढेको छ।
उनले फेरी अर्को पोस्टमा पापाराजीसंग गोपनियता बनाई राख्न र नपछौन आग्रह गरेकी छन्। उनले लेखिन ‘म फ्यानहरू र पापाराजीहरूलाई अनुरोध गर्दछु कि मलाई कैद गर्नबाट जोगिनुहोस्। मलाई आशा छ कि तपाईंले मेरो गोपनीयताको सम्मान गर्नुहुनेछ र मलाई यस संसारमा सर्वश्रेष्ठ बन्न दिनुहुनेछ।’
उनले पोस्ट गरेको ३० मिनेटमा पोस्ट हराएकी छिन्। उनको प्रशंसकले अनुमान लगाइ रहेका छन्। कि सायद नेहाको जीवनमा कुनै समस्या हुन सकेको अनुमान लगाइरहेका छन्।
नेहाले आफ्नो करियरमा ‘सेकेन्ड ह्याण्ड जवानी’, ‘कर गई चुल’, ‘मिले हो तुम हमको’, ‘काला चश्मा’, ‘दिलबर’, ‘साकी साकी’ जस्ता धेरै हिट गीत गाएकी छिन् ।
प्रकाशित: ५ माघ २०८२ २०:१४ सोमबार





