२०७४ साल जेठ ९ गते । मैले फेसबुक खोेलेको पहिलो दिन । फेसबुकमा नाम राखिएको थियो काजल । पहिलो दिन भएर होला मनमा उत्साह थपिएको थियो । चलाउन जानेको त थिएन तर पनि सिक्दै थिएँ । साथीभाइको कुरा सुन्दा चलाउदै भनेको थिएँ तर आज उत्साहको साथमा चलाउन लागेको थिएँ ।
तर त्यो दिन खै जिन्दगीले कुन मोड लियो । म जानी नजानी फेसबुक चलाउन थाले । भर्खरै सुरू गरेकाले गर्दा दिनको ४÷५ घण्टा फेसबुकमा नै विताउन थाले । चलाउने र सिक्ने क्रममा धेरैलाई ‘फे्रन्ड रिक्वेष्ट’ पठाए धेरैले ‘रिक्वेष्ट एसेप्ट’ गरे मैले सबैलाई चिन्थेन् ।
फेसबुक खोलेकोे चार÷पाँच दिनमै मेरा धेरै साथी भइसकेका थिए । सुरुसुरु भएर होला फेसबुकमा म्यासेज आएजतिका सबैको रिप्लाई दिन्थे । तिनैको विचमा एकजनासँग चाँहि अलि बढी कुरा हुन थाल्यो मेरो । उसको नाम थियो लिगल । घर चाँही अर्घाखाँची भएपनि बुटवल बसेर पढ्नुका साथसाथै काम गर्ने ।
मेरो घरपनि अर्घाखाँची नै प¥यो । एउटै गाउँठाउँको भएर होला धेरै लामो कुराकानी ग¥थ्र्यौ हामी । उसंग बोल्न मन लागिराख्थ्यो । फोटो साटासाट भयो फेसबुकमै । पहिला त कहाँ देखेको चिनेको जस्तै लाग्थ्यो । पछि सबै सोधेपछि थाहा भयो उसको घर म पढेको स्कुल नजिकै रहेछ । तर कस्तो विडम्वना चिनजान चाँही फेसबुकबाट भयो ।
उसको र मेरो कुरा जेठ १३ बाट सुरू भएको थियो । तर घनिष्टता चाँही एकदम पुरानो जस्तो लाग्थ्यो । हाम्रो दैनिक कुरा हुन्थ्यो । फेसबुकमा मात्र कुराले हाम्रो चित्त बुझेन र हामी फोन नम्बर साटासाट पनि ग¥यौं ।
उसले फोन गर्यो मैले उठाँए । उ सँग फोनमा बोलेको पहिलो दिन म निकै खुसी थिए । उसको मिठो बोलीले मलाई झन् उ तिरै आर्कषित गर्दै थियो ।
कुरा गर्न थालेको पाँच÷सात दिनमै उ मेरो मनको नजिकै पुगिसकेको महशुस हुन्थ्यो । सायद मैले उसलाई आफ्नै ठानिसकेकी थिए । मलाई लाग्थ्यो उ नै मेरो जिन्दगी भरको साथी हो, मेरो जिवन साथी । मलाई साँचो माया गर्ने मान्छे ठाने । उसको आवाज एकदिन सुन्न पाएन भने नरमाइलो लाग्थ्यो । के नभए–नभए जस्तो लाग्थ्यो । बिस्तारै–बिस्तारै उसको मायामा डुब्न थाले । कतिसम्म डुब्न पुगेछु मलाई पत्तै भएन् ।
हाम्रो कुराहुन थालेको पनि तिन महिना बित्यो । सधै मायाको कुरा हुन्थ्यो । कहिले हामी विचमा झगडा भएन । तर, एकदिन अचानक झगडा प¥यो । कारण थियो फेसबुक । दुईदिन सम्म त हामी बोल्दै बोलेनउ । तर मेरो मनमा उसकै याद थियो । आफुलाई नबोलेर बस्नै नसक्ने महशुस हुन थाल्यो । मैले बुझे । म उ विना बाँच्न सक्दिन र खुसीका साथ रमाउन पनि सक्दिन् । मलाई त्यो दुई दिन दुई वर्षजस्तै लागेको थियो ।
मैले उसलाई नै सबथोक मानेकी थिए । उ सँगै सारा जिन्दगी विताउने सपना देखेकी थिए । उ मेरो पहिलो र आत्मिय प्रेम थियो । अरु कसैलाई नगरेको अगाध प्रेम गरैकी थिएँ । समय वित्दै गयो । हामीमा भेट्ने उत्साह पनि बढ्दै गयो । २०७४ सालकै दशैंभन्दा अगाडि नै भेट्ने कुरा थियो हाम्रो ।
उसको काम प¥यो । मलाई भेट्न आउन पाएन् । दशैंमा घर पनि जान पाएनन् । उ निकै निराश भएजस्तो लाग्यो मलाई । म पनि निराश नै थिए किनकी उसको दुःखमा म कहाँ रमाउन सक्थे र । मलाई पनि दशैंमा घर जान मन लागेन काठमाडौंमा नै बसे । उसको दशैं बुटवलमा मेरो भने काठमाडौंमा ।
दशैं सकिएपछि हाम्रो ६ महिनादेखिको भेट्ने सपना पुरा हुदै थियो । जिन्दगीभर साथ दिने सोचेको र रोजेको मान्छेसँग भेट हुन पाउँदा मेरो खुसीको सीमा थिएन् । उ पनि म सँग निकै खुसी थियो । मलाई भेट्नकै लागि भनेर दुई दिनको विदा लिएर आएको थियो । छोटो समय भएपनि म उसलाई देख्न पाउदा र सगैं रमाउन पाउदा म निकै खुसी थिए । उसलाई भेटेपछि मैले देखेका सपना पनि पुराहुने विश्वास बढेको थियो ।
म कक्षा ११ मा पढ्थे । विहानको कलेज । काम पनि केही गर्थेन् । दिनभर घरमै हुन्थे । खाली उसकै यादमा अनि उसकै फोनको प्रतिक्षामा बिसिरहन्थे । उसले पनि आफूलाई अनुकुल भएको बेला फोन गथ्र्यो । उसको फोन नआउँदा म आत्तिने गर्थे अनि आफै फोन गर्थे । तर कहिलेकाँही उसको फोन कल ओइटिङमा देखाउँदा मेरो मुटु नै चिसो हुन्थ्यो ।
उसलाई मैले हदभन्दा पनि बढी माया गरेकी थिएँ । उसले पनि खुव मायाको आभास दिलाएको थियो मलाई । एकदम रमाइलोका साथ वितेको थियो हाम्रो दिनहरू । भेटेको तीन महिना वितेछ । कुराकानी हुन लागेको नौ महिना । नौ महिनापछि अफिसबाट घर जाने बिदा पाएछ । १५ दिनको विदा थियो । मलाई नभेटि घर नजाने कुरा ग¥यो । मैलाई पनि फेरि भेट्न मन लागेको थियो । नाँइ भनिन् । काठमाडौं आउने भयो । दोस्रो पटक भेटेको थिए उसलाई । म खुसीले प्रफुल्ल थिएँ । मेरा सबै चाहना पुरा भएको थियो । म उसको साथ पाउँदाको खुसीको बयान नै गर्न सक्दिन् ।
दिनहरु खुसीका साथ बितिरहेका थिए । जिन्दगी पनि निकै खास लाग्दै थियो मलाई । तर उसको फोन व्यस्त भएको सम्झिदा नरमाइलो लाग्थ्यो मलाई । ममा केही शंका उब्जियो । हामीहरूको विचको सम्बन्ध पतिपत्नि जस्तो थियो । केही लुकाउनु पर्थेन् । त्यही सम्झेर मैले उसको फेसबुक पासवर्ड मागे । उसले मलाई आइडी र पासवर्ड दियो । पासवर्डमा पनि मेरै नाम रहेछ ‘काजल’ । मेरो नाम राखेको थाँहापाउदा एकदमै खुसी भए । मैले उसको फेसबुक खोले । त्यो दिन मलाई मैले फेसबुक खोलेको पहिलो दिनजस्तै जाँगर चलेको थियो ।
मैले उसको फेसबुकमा भएका उसका सबै च्याटहरु एकएक गर्दै हरे । हेर्दैमा मेरो पुरै दिन वित्यो । उसका च्याटहरु जति हेर्दै गएँ उति नै मेरो मन जल्दै थियो । उसको म जस्ता भेट्ने बोल्ने र मायामा आभास दिलाउने मान्छे त कति रहेछन् कति । म सँग जस्तै धेरैजना सँग सँगै जिउने मर्ने कसम खाएको रहेछ उसले । म उसको लागि केही पनि रहेनछु मात्र स्वार्थ बाहेक । मेरा आँखा आँसुले भरियो । हात काप्न थाले तर मन भारी भयो तरपनि उसको च्याटहरु हेर्न छाडिन् ।
त्यो दिन मेरो लागि कालो दिन थियो । मैले उ सँग देखेका सपनाहरु क्षणभरमै विलिन भए । सबै सिसा जस्ते फुटेर चक्नाचुर भयो मेरो मन ।
मलाई मेरा पलभरका खुसी नै समाप्त भएजस्तै लाग्यो । तर म उसलाई चाहेर पनि भुल्न सक्दिनथे । उ मेरो पहिलो प्रेम थियो, मनले अपनाएको मान्छे । मलाई न साथीहरूको वास्ता भयो नत पढाईको नै । ती च्याटहरु सम्झने वित्तिकै मेरा आँखा भरिन्थ्ये आँसुले । मेरो मनको साहारा नै आँसु बन्न पुग्यो । आफ्नो मुटुलाई दह्रो बनाएर सम्हाल्न खोज्दै थिए । मैले उ सँग विवाह र भविष्यमा गर्न चाहेका कुराहरू भनेको थिएँ । उसले कुनै वास्ता गरेन् कारण त बल्ला थाहा पाएँ । उसले साचो माया नै गरेको रैनरै’छ । उसको त सम्बन्ध स्वार्थ र आफ्नो इच्छा पुरा गर्ने मात्र रै’छ ।
मैले उसलाई बिर्सन सकिरहेकी थिएँ । तर हरपल उसको याद आउथ्यो । उसका नराम्रा कुरालाई मात्र सम्झन थाले । उ सँगको सम्पर्क घटाए । उसको माया अनि म सँग गरेका बाचा सबै नाटक सम्झेर भुल्न थाले ।
उसको त्यो स्वार्थी प्रेम र बाचाले मैले पाठ सिकेको थिएँ । उसले त मात्र समय विताउन खोजेको रहेछ म सँग । तर त्यति डिलो नि भएको थिएन् समयमै उसको चरित्र थाहा पाएको थिए । पछि मैले मेरा मनमा लागेजतिका कुरा भने उसलाई । हाम्रो सम्बन्ध अहिलेसम्मको लागि रहेछ अब हामी आफ्नो–आफ्नो खुसी गर्नुपर्छ भनेर छुट्टिने प्रस्ताव राखे । उसको पनि चाहना त्यही रहेछ ।
एकैबचनमा सहमति जनायो । त्यो दिनबाट उ सँग न त फोन भयो न त म्यासेज नै । मैरा सपना पनि सम्बन्धसँगै सकियो । अहिले उ कहाँ छ त मलाई थाहा छैन तर अझै पनि उ म जस्तै थुप्रै पे्रमीहरुसँग सँगै बाँच्ने मर्ने कसम खाँदै होला, बाचा गर्दै होला, मायाको अनुभूति दिलाउँदै होला जस्तै लाग्छ । यो सबै काल्पनिक पात्र हाे ।
प्रकाशित: २ जेष्ठ २०७७ ०९:५९ शुक्रबार