५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

चाँगुनारायण घुम्दा

संचिता मगर
कक्षा – ६,एसओएस हर्मन माइनर विद्यालय पनौती, काभ्रे।

साथीहरू, मलाई घुम्न र रमाइलो ठाउँ हेर्न रमाइलो लाग्छ । म एसओएस स्कूल काभ्रेमा ६ कक्षामा पढ्छु। मेरो स्कूलले  विश्वसम्पदा सूचीमा पर्न सफल भक्तपुर जिल्लाको चाँगुनारायण मन्दिरमा  शैक्षिक भ्रमण लगेको थियो। भ्रमणमा जाने भन्दा हामी उत्सुक थियौं। हामी ३२ जना विद्यार्थी थियौं।  कक्षा शिक्षक विजेन्द्र कुसी र गुरुआमा रमिता देउजा हुनुहुन्थ्यो। हामी स्कूलबाट रमाइलो मान्दै हिँड्यौं। हाम्रो यात्रा एसओएस स्कूलबाट बिहानको दस बजे शुरू भयो। हामी  गाडीबाट बनेपा बजार छिचोलेर साँगा हुँदै भक्तपुर लाग्यौं। गाउँदै र प्राकृतिक दृश्यमा रमाउँदै अघि बढ्दा खूब मजा आएको थियो। हामीले बाटामा शिवको अग्लो मूर्ति पनि हेर्न पायौं। साँगा भञ्ज्याङ काटेपछि जगाति हुँदै हामी झन्डै एक घण्टामा चाँगुनारायण पुग्न सफल भयौं।

पुरानो मन्दिर कस्तो होला भन्ने खुलदुली बढेको थियो। खुलदुली मेट्न पाइने भयो भनेर म शान्त भएँ। सबै साथीसँग एक भएर हामीले मन्दिर परिसर घुम्यौं। त्यहाँको कला र संस्कृति देखेर फुरुङ्ङ भएँ। त्यहाँ पुराना शैलीका चित्रकला, काष्ठकला, पौवा चित्र, ग्रन्थ चित्र र प्रशस्त देवीदेवताका मूर्ति हेर्न पाएँ।

पहिलो पटक चाँगुनारायणको  मन्दिरको दर्शन गर्ने मौका पाएँ।  साथीसँग फोटो खिचें। त्यहाँका नयाँनयाँ सामग्री  राखिएको रहेछ। मैले आफूले सक्ने चीज किनें। त्यहाँबाट हामीले खुला ठाउँ र जंगल हेर्न पायौं। त्यहाँका मन्दिरमा कुँदेका कला देखेर म छक्कै परें।  त्यहाँ दस रुपैयाँमा हुने मूर्तिको चित्र पनि हेर्न पाइयो। त्यो देख्दा हामी निकै प्रसन्न भयौं। भ्रमणमा राम्रोसँग गाउने, खेल्ने र खाने कार्यक्रम भयो। भूकम्पले बिग्रेको मन्दिर बनाएको रहेछ। त्यो देख्दा कताकता भूकम्पको याद आयो। यसरी गुरु र साथीहरूसँग घुम्न पाउँदा मलाई ज्यादै रमाइलो लाग्यो। यो अवसर दिनुहुने कक्षा शिक्षकप्रति आभारी छु।

प्रकाशित: १० फाल्गुन २०७६ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App