एलबी चाम्लिङ
विनय बिहानै उठ्यो। हातमुख धोएर घरको छतमा पुगेर रमित हेर्न थाल्यो। उसको घरको नजिक चोक थियो। सवारी साधनहरू ओहोरदोहोर गरिरहन्थे। उसका लागि यो नौलो कुरा थिएन। आज पनि उसैगरी सवारी साधनहरू ओहोरदोहोर गरिरहेका थिए।
हिजो स्कूलबाट फर्किंदा उसले धेरै बसलाई रोक्न हात उठायो तर कसैले बस रोकेन। मोटरसाइकल रोक्न खोज्दा एक जना अंकलले त खूब गाली नै गर्नुभयो। उसको स्कूलमा स्कूल बस नभएको र बाटोमा पनि बसले नरोकेकोले हिँडेर आउनु पर्दा बेसरी खुट्टा दुखेछ। आज बिउँझेपछि थाहा भयो।
चोकमा निलो सटपैन्ट र टाउकोमा सेतो टोपीवाला ट्राफिक उभिनुभएको थियो। एउटा ठूलो ट्रक आयो। सिरिरि...सिट्ठी फुकेर हातको इशाराले मोटरसाइकल रोक्ने आदेश दिनुभयो। ट्रकले आफ्नो गति तुरुन्त बन्द गरेर अडियो। ट्राफिक अंकलले ट्रकको ड्राइभरलाई सम्झाउनुभयो। सायद गल्ती गरेको हुनुपर्छ।
विनयका लागि यो रमाइलो कुरा थियो। उसले अरू सवारीलाई पनि ट्राफिक अंकलले यसरी नै काबूमा राखेको देख्यो। सडकमा ट्राफिक अंकलभन्दा शक्तिशाली कसैलाई देखेन। हात उठाउनेबित्तिकै सवारी साधन नरोक्ने कोही देखेन। उसले हिजो हात उठाउँदा नरोक्ने सबै मोटरसाइकल र बसहरू आज ट्राफिक अंकलले हात उठाउँदा रोकेको देख्यो। उसलाई झनक्क रिस उठ्यो।
उसले चाउचाउको कार्टून खोजेर ल्यायो। यसलाई चारै कुना मिलाएर काट्यो र जोडेर टोपी बनायो। टोपीको माथि सेतो कागज टाँस्यो। वरिपरि कालो रंग दल्यो र मनमनै सोच्यो ‘आहा, कति राम्रो टोपी ! यो त पूरै ट्राफिक अंकलको जस्तै पो देखियो त।’
ममीले खाना खान बोलाएको मौकामा उसले सिट्ठी किनिदिनुस् भनेरे जिद्धी ग¥यो र ममीले सिट्ठी किनिदिएपछि ऊ फुरुङ्ङ भयो। मनमनै सोच्यो ‘अब सडकमा गुड्ने सबै सवारी साधनलाई तह लगाउँछु। म सडकको हिरो हुन्छु। स्कूल जाँदाआउँदा उसैगरी सिट्ठीको इशारामा हात उठाउँछु अनि जुन मन लाग्यो त्यही सवारीमा चढ्छु।’
विनयले फेरि आफैंले बनाएको ट्राफिक टोपी हे-यो। टाउकोमा लगाएर परीक्षण ग¥यो र खुसी हुँदै सोच्यो, ‘आहा, कस्तो ठिक्क मिलेको टोपी बनाएछु !’
उसलाई ट्राफिक अंकलको जस्तै कपडा मिलाउनु थियो। झल्याँस्स सम्झ्यो ‘मेरो स्कूलको ड्रेस पनि त निलो नै छ नि !” अब भने उसले ट्राफिक बन्ने कुरा पक्कापक्की ग-यो। स्कूल ड्रेस र ट्राफिक टोपी लगायो। मुखमा सिट्ठी च्यापेर ठूलो ऐनामा हे¥यो। ऐनामा पूरै ट्राफिक अंकल जस्तै देखियो। एक पटक सिरिरिरि...पारेर सिट्ठी बजायो। बाहिरबाट ममीको आवाज आयो–विनय के गरेको यो ? कोठाभित्र सिट्ठी किन फुकेको ? उसलाई पनि घरभित्र सिट्ठी बजाएकोमा अचम्म लाग्यो। मनमा कुरा खेलायो ‘घरभित्र सिट्ठी बजाउने कस्तो हुस्सू म पनि !’
विनय घरबाट चूपचाप निस्कियो र दौडियो। ममीले परैबाट देख्नुभयो। ‘टाउकोमा टोपी कहाँबाट ल्यायो ?’ मनमनै सोच्नुभयो ममीले। सोध्न नपाई विनय टाढा पुगिहाल्यो। सडकमा पुगेर उसले केहीबेर हे-यो। एउटा निकै राम्रो कार आयो। उसले यसमै चढ्ने सोचले सिरिरिरि सिट्ठी बजायो। हात उठायो। वास्तै नगरी कार हुँइकियो। उसले टाउकोमा टोपी जाँच ग-यो। ड्रेस हे-यो। सबै ठिकठाक थियो। फेरि सोच्न थाल्यो ‘किन मलाई यो कारले पत्याएन ? सबै कुरा त ठिकठाक नै छ त। मैले अलिक टाढाबाट सिट्ठी बजाएकोले देखेन क्यारे !”
उसले अर्को बस आइरहेको देख्यो। यो बसलाई चाहिँ जसरी पनि रोकेर चढ्ने सोचले दगुर्दै बसको नजिक पुग्यो र उसैगरी हात उठाउँदै सिट्ठी बजायो–सिरिरि...। बच्चा दौडेर बसको छेउमै आएको देखेर ड्राइभर अत्तालियो। ड्राइभरले दुर्घटना हुने अनुमान लगायो। जोडसँग बसको हर्न बजायो। बसको कडा आवाजमा बजेको हर्नको कारण विनय पनि अत्तालिएर पछाडि फक्र्यो। पछाडिबाट आइरहेको साइकलमा ठोक्किएर उछिट्टियो।
बस ड्राइभर साइकलवालाले विनयलाई नजिकैको अस्पतालमा पु-यायो। उपचार ग¥यो। उसको होस खुल्दा बुवाममी पनि अस्पतालमा आइसक्नुभएको रहेछ। उसले यो घटनाको बारेमा सबै कुरा बतायो। नकली ट्राफिक बन्नुको कारण पनि सुनायो। बुवाममीले सडकमा जथाभावी गर्नु हुन्न बाबू भनेर सम्झाउनुभयो। डाक्टर अंकलले पनि साइकलमा ठोक्किएकाले बाँचेको बताउनुभयो। बसमा नै ठोक्किएको भए नबाँच्ने कुरा सुनाउनुभयो। डाक्टर अंकलको कुराले विनयको जीउ सिरिङ्ङ भयो।
सबै जनाले सम्झाएपछि विनयले सबैको अगाडि अठोट ग-यो ‘अब म सडकमा जथाभावी गर्दिनँ। कहिल्यै नकली ट्राफिक पनि बन्दिनँ। साथीहरूलाई पनि सचेत गराउँछु।’ विनयको अठोटले बुवाममी औधी खुसी हुनुभयो। सँगै रहनुभएको ड्राइभर अंकलले त खुसीले अंकमाल नै गर्नुभयो। बुवाले पनि घोषणा गर्नुभयो, ‘भोलिदेखि विनयलाई स्कूल बस भएको स्कूलमा पठाइदिन्छु !’ विनय झन् खुसी भयो र अकस्मात ताली बजायो। सबै जनाले विनयसँगै ताली बजाए र धेरै खुसी भए।
प्रकाशित: १९ पुस २०७६ ०३:२२ शनिबार