९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्य

हरिहरपुरगढी सम्बन्धी अशुद्धि

कारोबार दैनिकमा ३० वैशाख ०७६ मा छापिएको कुञ्जला पुलामीको ‘हरिहरपुरगढी किल्ला संरक्षणमा चासो’ भन्ने खबरमा १३८७ सालमा हालको बारा जिल्लाको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि सिम्रौनगढका शासक हरिहरसिंहदेव पत्नी देवलदेवी, राजकुमार जगतसिंह कुँवर, मन्त्री चण्डेश्वर सहित हरिहरपुरगढीमा लुक्न आएपछि १३८८ मा हरिहरपुर गढी किल्लाको निर्माण भएको मानिन्छ भनि लेखिएको छ।

विसं १३८७ मा सिम्रौनग राज्यको पतन भएपछि विसं १३८८ मा हरसिंहदेवले हरिहरपुगुरगढी बनाए भनी यहाँ लेखिएको छ। विसं १३८१ मा दिल्लीका सुल्तान गयासुद्दीन बंगालमा हमला गरी दिल्ली फर्कंदा तिरहुतको बाटो गरी फर्केका थिए। त्यसवेला गयासुद्दीनले सिम्रौनगढमा हमला गर्न लागे भन्ने सम्झि दुनियाँ उठाई हरसिंहदेव लड्न तयार भै निस्के। सिम्रौनगढका राजा हरसिंहदेवँग गयासुद्दीनको लडाईँ प¥यो। गयासुद्दीनको फौजले सिम्रौनगढ ध्वस्त पारिदियो। यसपछि हरसिंहदेव रानी र छोराहरू लिएर ससुराली राज्य भक्तपुरतिर लागे।

भक्तपुर नपुग्दै तीनपाटन भन्ने ठाउँमा विसं १३८२ माघमा हरसिंहदेवको मृत्यू भयो। विसं २०१९ मा जगदम्बा प्रकाशले छापेको धनवज्र बज्राचार्य, रामजी तिवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शंकरमान राजवंशी, गौतमबज्र बज्राचार्य, महेशराज पन्त र नयनाथ पौडेलको ‘इतिहास संशोधनको प्रमाणप्रमेयका २३२–२३४ पृष्ठमा र विसं २०२२ मा काठमाडौंबाट संशोधन मण्डलले प्रकाशन गरेको पूर्णिमाको ७ पूर्णाङ्कमा छापिएको धनबज्र बज्राचार्यको ‘शक्तिशाली भारादार रामवद्र्धनहरु र तात्कालिक नेपाल’ भन्ने लेखमा यस विषयमा सप्रमाण लेखिएको छ। त्यसकारण विसं १३८७ मा सिम्रौनगढ राज्यको पतन भयो, विसं १३८८ मा हरसिंहदेवले हरिहरपुरगढी बनाए भनि कारोबारमा लेखिएको कुरा अशुद्ध ठहर्छ।

प्रकाशित: ४ जेष्ठ २०७६ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App