२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:५ अपराह्न
अन्तर्राष्ट्रिय

म्यान्मारमा विनाशकारी भूकम्प: मृतक सङ्ख्या एक हजार ६४४ पुग्यो, उद्धार कार्यमा चुनौती

म्यान्मामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन्। मध्य म्यान्मारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पले थप क्षति पुर्‍याएको थियो।  

यो विनाशकारी भूकम्पले भवन, पुल, सडकसहित १७ लाखभन्दा बढी मानिसको घरमा क्षति पुर्‍याएको छ। म्यान्मार सरकारका अनुसार एक हजार ६४४ जनाको ज्यान गएको पुष्टि भएको छ भने थप तीन हजार ४०८ जना घाइते भएका छन्। यस्तै, भूकम्पको प्रभाव बैङ्ककसम्म पुग्दा त्यहाँ १० जनाको मृत्यु भएको र १०० भन्दा बढी व्यक्ति हराइरहेको बताइएको छ।  

सञ्चार प्रणाली अवरुद्ध हुनुका साथै विमानस्थल र सडकहरू बन्द भएकाले राहत र उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको छ। खोजी तथा उद्धार प्रयास जारी रहे पनि मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का व्यक्त गरिएको छ। एएफपी

प्रकाशित: १७ चैत्र २०८१ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App