coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

महानगरको जनघनत्व थेग्नै नसकिने

चन्द्रागिरीबाट देखिएको काठमाडौं उपत्यकाको दृश्य। तस्बिर:केशव थोकर/काष्ठमण्डप

काठमाडौं महानगरको जनघनत्व फ्रान्स राजधानी पेरिसभन्दा पाँच गुणा बढी छ। पेरिसमा प्रतिवर्ग किलोमिटर ३५ सय ५० जना बसोबास गर्दै आइरहेका छन्। काठमाडौं महानगरमा भने प्रतिवर्ग किलोमिटरमा सरदर १९ हजारभन्दा बढी मानिस स्थायी बसोबास गरिरहेका छन्।

महानगरपालिकाको कूल क्षेत्रफल ५०.६७ वर्ग किलोमिटर छ। २०६८ सालको राष्ट्रिय जनगणना अनुसार महानगरभित्र ९ लाख ६८ हजार स्थायी बसोबास गर्दै आएका छन्। यसअनुसार महानगरमा प्रतिवर्गकिलोमिटर १९ हजारभन्दा धेरै मानिस स्थायी बसोबास गरिरहेका छन्। तर, कूल जनघनत्व भने अझै बढी छ। काठमाडौं महानगरपालिका अनुसार महानगरमा अस्थायीसमेत गरी ४० लाखभन्दा धेरैको बसोबास छ। यसलाई आधार मान्दा मान्दा महानगरमा प्रतिवर्ग किलोमिटर सरदर ७९ हजार ९७ जना बसोबास गरिरहेका छन्।

काठमाडौं महानगरपालिका अनुसार महानगरमा अस्थायीसमेत गरी ४० लाखभन्दा धेरैको बसोबास छ। यसलाई आधार मान्दा मान्दा महानगरमा प्रतिवर्ग किलोमिटर सरदर ७९ हजार ९७ जना बसोबास गरिरहेका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी महानगरभित्र अत्यधिक जनसंख्या वृद्धि भएर थेग्नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। ‘जसका कारण महानगरले स्थानीयका आधारभूत आवश्यकता समेत परिपूर्ति गर्न सकिरहेको छैन,’ उनले भने, ‘अहिले त महानगरवासीले समस्या भोगेका छन् यसमा अझै जनसंख्या थपिए झन् विकराल स्थिति देखिन सक्छ।’

बढ्दो जनघनत्वकै कारण महानगरवासी ट्राफिक जाम, वायु प्रदूषण, हिलाम्मे र धुलाम्मे सडक, फोहोरमैला समस्याबाट गुजिरहेको उनको भनाइ छ।

काठमाडौंमा यही गतिमा जनसंख्या बढे थामिनसक्नुको भीड हुने उनी बताउँछन्। ‘अत्याधिक भीडभाडले काठमाडौंमा सास फेर्न समेत गाह्रो हुने परिस्थिति सिर्जना हुनेछ,’ उनले भने।

जनघनत्व बढेसँगै आधारभूत पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको सुझाव छ। ‘बढ्दो जनसंख्यासँगै आधारभूत पूर्वाधार बनाइएको देखिँदैन। त्यसैले अहिले नै सचेत भएर जनसंख्या नियन्त्रण गर्नतर्फ अग्रसर हुनुपर्ने देखिन्छ,’ उनले भने। 

काठमाडौं महानगरपालिकाले ल्याएको भवन निर्माण मापदण्डले उपत्यकाको जनसंख्या र जनघनत्वको चाप अत्याधिक बढ्ने उनको दाबी छ। संघीय सरकारले २०६४ मा जारी गरेको काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संरक्षित उपक्षेत्रमा भवनको अधिकतम पाँच तला अर्थात् ४५ फिट हुने मापदण्ड कायम गरेको थियो। तर, महानगरपालिकाले ल्याएको मापदण्डमा योभन्दा दुई तला बढी अर्थात् २० फिट धेरै उचाइको भवन बनाउन दिने व्यवस्था गरेको छ। जसबाट जनघनत्व बढ्ने उनको भनाइ छ।

महानगरपालिकाको मापदण्डमा संरक्षित उपक्षेत्रमा क्षेत्रमा भवनको अधिकतम सात तला अर्थात् भवनको उचाइ ६५ फिट हुनुपर्ने व्यवस्था गरेको छ।

‘महानगरले गत वर्ष ल्याएको मापदण्ड अनुसार नयाँ भवन बन्न थाले केही वर्षभित्रै महानगरभित्र २० लाखभन्दा धेरै मानिस बढ्ने देखिन्छ।’

उनका अनुसार काठमाडौं महानगरपालिकाले ल्याएको भवन निर्माण मापदण्ड २०७५ ले अहिलेको तुलनामा ८० प्रतिशतभन्दा धेरै जनघनत्व बढ्ने देखिन्छ। ‘महानगरपालिकालाई नयाँ मापदण्ड फेर्न बारम्बार अनुरोध गर्‍यौं। तर, उनीहरूले टेर्दै टेरेनन्,’ प्रमुख आयुक्त तिवारीले भने, ‘महानगरले ल्याएको भवन निर्माण मापदण्डविरुद्ध सर्वाेच्चमा रिट हालेका छौं। अहिले अदालतमा सुनुवाई भइरहेको छ।’ आयुक्त तिवारीले काठमाडौंमा अत्याधिक मात्रामा जनसंख्या बढ्दै गएको खण्डमा भीडभाडले थामी नसक्नु हुनेछ। ‘अत्याधिक भीडभाडले काठमाडौंमा सास फेर्न समेत गाह्रो हुने परिस्थिति सिर्जना हुनेछ,’ उनले भने, ‘जनसंख्या मात्रै बढ्ने गर्छ। तर, आधारभूत पूर्वाधार भने देखिँदैन। त्यसैले अहिले नै सचेत भएर जनसंख्या नियन्त्रण गर्नतर्फ अग्रसर हुनुपर्ने देखिन्छ।’

काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगालले काठमाडौं महानगरभित्र करिव ४० लाख बसोबास गर्दै आइरहेको बताउँछन्। ‘महानगरभित्रका करिब ८० प्रतिशतभन्दा धेरै घर भवन निर्माण मापदण्ड विपरितका छन्,’ उनले भने, ‘मापदण्डविपरितका घरलाई भत्काउन मात्रै होइन, मापदण्ड अनुसार पनि ल्याउन सकेनौं। त्यसैले जनप्रतिनिधि आएपछि नयाँ मापदण्ड बनाएर कानुनी दायरामा ल्याउन मात्रै खोजेका हौं।’

प्रवक्ता डंगोलले मुलुक संघीयतामा गइसकेकाले मापदण्डले मात्रै महानगरभित्र जनघनत्व नबढ्ने बताउँछन्। ‘अहिलेमुलुक संघीयतामा गइसक्यो। जसको कारणले विकेन्द्रीकृत अवधारणा अघि बढिरहेको छ। त्यसैले मापदण्डकै कारणले जनघनत्व बढ्छ भन्नु गलत हो।’ उनका अनुसार महानगरपालिकाले भवनको फाउन्डेसन तथा अन्य इन्जिनियरिङ पक्षको अध्ययन गरेर मात्रै भवनको स्वीकृत गर्नेछ।

प्रवक्ता डंगोलले सशस्त्र द्वन्द्वको कारणले काठमाडौं उपत्यकामा अत्याधिक मात्रामा  जनघनत्व बढ्दै आएको बताउँछन्। काठमाडौं महानगरपालिकाले महानगरवासीका आधारभूत आवश्यकता समेत परिपूर्ति गर्न सकिरहेको छैन। अहिले काठमाडौं ट्राफिक जाम, वायु प्रदूषण, हिलाम्मे र धुलाम्मे सडक, फोहोरमैलाको कारणले महानगरवासी आक्रान्त छन्।

देशैभर बढ्दै जनघनत्व
विश्व बैंकको एक अध्ययनले नेपालमा ५६ वर्षको अवधिमा जनघनत्व तीन गुणाभन्दा धेरै बढेको तथ्यांक सार्वजनिक गरेको छ। विश्व बैंकले ५६ वर्षको अवधिमा नेपालको कुल जनघनत्व तीन गुणाले बढेको देखाएको छ। विश्व बैंकको तथ्यांक अनुसार सन् १९६१ मा नेपालमा प्रतिवर्गकिलोमिटर ७१.४८ जना बसोबास गर्थे। तर, सन् २०१७ मा आइपुग्दा नेपालमा प्रतिवर्गकिलोमिटर २०४.४३ जना बसोबास बस्ने देखिन्छ। जबकी सन् ५६ वर्षको अवधिमा नेपालभर नै जनघनत्व तीन गुणाले भन्दा धेरै बढेको देखिन्छ। नेपालको कुल क्षेत्रफल एक लाख ८१ हजार एक सय ८१ वर्गकिलोमिटर क्षेत्रफल  छ। काठमाडौं संघीय राजधानी र मुलुकै पहिलो महानगर हो। काठमाडौं दुई हजारभन्दा पुरानो इतिहास भएको सहर हो। काठमाडौं बौद्ध र हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित छ। नेवार समुदायको कला र संस्कृतिले भरिपूर्ण छ। स्वयम्भू, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा समावेश भएका सम्पदा छन्।

प्रकाशित: १० फाल्गुन २०७५ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App