१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

२० तले भवनजत्रो हिउँको ढिक्का फुट्यो

अर्जेन्टिनाको पेरिटो मोरेनो हिमनदीमा हालै एक विशाल हिउँको ढिक्का फुटेको छ। त्यसको उचाइ लगभग ७० मिटर अर्थात् २० तले भवन बराबर रहेको बताइएको छ। गत बिहीबार भएको उक्त दुर्लभ घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

लस ग्लेसियर राष्ट्रिय निकुञ्जमा अवस्थित यो हिमनदी आफ्नो गतिशील प्रकृतिका कारण विश्वभर चर्चित छ। ठूलो आवाजपछि यो विशाल हिउँको टुक्रा आकर्षक नीलो रंगको लागो अर्जेन्टिनाे तालमा खसेको थियो। 

वैज्ञानिकहरूका अनुसार पेरिटो मोरेनो हिमनदी अन्य धेरै हिमनदीहरू भन्दा फरक छ। किनकि यो पछिल्ला दशकहरूमा न त धेरै अगाडि सरेको छ न त पछाडि हटेको छ।

तर जलवायु परिवर्तनको प्रभावबाट यो पूर्ण रूपमा अछूतो भने छैन। यस्ता हिमनदी टुक्रिने घटनाहरू विश्वव्यापी तापमान वृद्धिका कारण बारम्बार भइरहेका छन्। यसअघि पनि अण्टार्कटिकाको पाइन आइल्यान्ड र ब्रन्ट आइस शेल्फबाट ठूला हिउँका टुक्राहरू फुटेका थिए। एजेन्सी

प्रकाशित: ४ जेष्ठ २०८२ १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App