१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml

ब्रोड पिक हिमपहिरो : आरोही पुर्जासहित ६ जनाको अवस्था अझै अज्ञात, भोलि बिहानसम्मका लागि खोजी अभियान स्थगित

नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।

देवानगञ्ज घटना : मृतकका आफन्तले बुझे शव, आजै अन्त्यष्टि गरिने

सरकार र पीडित पक्षबिच शुक्रबार बिहान ७ बुँदे सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो।

विद्यालयको लापरबाहीले बालकको ज्यान गएको परिवारको दाबी

बालकलाई ठक्कर दिने २६ वर्षीय चालक सागर चौधरी र मोटरसाइकलको पछाडि बसेका गुटराम डगौरा थारू पक्राउ परेका छन्। चालकसँग लाइसेन्ससमेत नभएको प्रहरीले जानकारी दिएको छ।

देशको समृद्धिमा एनआरएन विज्ञको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

भेटका क्रममा डा.रेग्मीले गैरआवासीय नेपाली संघको आयोजनामा आगामी वर्ष काठमाडौँमा हुन लागेको ‘विश्व विज्ञ सम्मेलन’को तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

नेपालमा बढ्दै नसर्ने रोगको जोखिम : ७१ प्रतिशत मृत्युको कारण

नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो रहेको पाइएको छ। तथ्यांक अनुसार हाल नेपालमा दसमध्ये सात जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्यांक छ।

तराई-मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

पार्टीले सरकारलाई सबै सरोकारवालासँग संवाद गर्दै नागरिकको विश्वास जित्ने र समस्याको राजनीतिक तथा दिगो समाधान खोज्न आग्रह गरेको छ।

गण्डकीमा प्रदेश प्रमुखबाट फिर्ता गाँजा विधेयक हुबहु पारित

गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पुनः पारित गरेको छ।

नाइमामा पहिलो पटक सार्वजनिक हुँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’

कम्पनीका अनुसार ७५ वर्षभन्दा लामो निसानको एसयूभी विरासतलाई निरन्तरता दिँदै प्रतिष्ठित निसान पेट्रोलबाट प्रेरित डिजाइनमा यो मोडल तयार गरिएको हो।

संसदीय समितिलाई समयबद्ध र परिणाममुखी बनाउन सभामुख अर्यालको निर्देशन

सरकारलाई सुझाव तथा सिफारिस गर्दा पनि समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यमा आधारित र कार्यान्वयनयोग्य सुझाव दिनुपर्ने उनको भनाइ थियो।

जनकपुरमा शनिबार बिहान सद्भाव र्‍याली निकालिने

जनकपुरधाममा शनिबार हिन्दु–मुस्लिम समुदाय मिलेर सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ।

भारतमा किन मागिँदैछ गृहमन्त्री अमित शाहको राजीनामा ?

विद्यार्थीहरूले देशको शिक्षा प्रणालीमा व्यापक सुधार र तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका थिए। चौतर्फी दबाबपछि शिक्षामन्त्री प्रधानले नैतिक आधारमा आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।

नायिका रेखा थापाको सरकारलाई प्रश्न: तराईमा भएको कारणले नागरिकको मृत्युलाई नजरअन्दाज गरिएको हो ?

अभिनेत्री रेखा थापाले हालै सुनसरिमा घटित घटनाबारे एकदमै संवेदनशील अभिव्यक्ति दिएकी छन्।

एकदिवसीय मान्यता जोगाउँछौ : कप्तान पौडेल

भ्रमणमा लिएको आशाअनुरूप खेल्न नसक्नुले निराश रहेको र अब आगामी ओमान शृङ्खलामा केन्द्रीत हुने रोहितले बताए।

सुनसरी घटनामा निष्पक्ष छानबिन र दीर्घकालीन समाधान खोज्न राप्रपाको आग्रह

राप्रपाले पछिल्लो समय तराई–मधेस क्षेत्रमा भएका हिंसात्मक घटनामा सरकारलाई निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही तथा दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्