२ असार २०८२ सोमबार
image/svg+xml
अन्य

झ्यापझ्याप बिजुली !

अहिले देशभर बिजुली घरीघरी झ्यापझ्याप जाने र आउने भइरहेको छ। केही बेरअघि मात्रै झन्डै एक घण्टा अवरुद्ध भएर आएको बिजुली अहिले पनि आउने र जाने भइरहेको छ।

यो समस्याबारे नागरिकले नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारलाई सोध्यो। प्रवक्ता शिल्पकारले ढल्केबर सबस्टेशनमा समस्या हुँदा देशभर यो समस्या भएको बताए।

ढल्केबर–मुजफ्फपुर ४०० केभी प्रसारण लाइन सर्ट भएर भारतबाट विद्युत् आउन बन्द भएपछि देशभर एकैपटक विद्युत अवरोध भएको उनले बताएका छन्।

यसको पूर्णकालीन समाधान गर्न केही समय लाग्ने उनले बताए। 'समस्या समाधानकै लागि खटिरहेका छौँ,' उनले भने। ढल्केबरबाट १४५ किलोमिटर टाढा प्रसारण लाइन सर्ट भएर अवरोध आएको छ। देशभित्रैको लाइनबाट आपूर्तिको प्रयास भइरहेको छ।'

प्रकाशित: १ जेष्ठ २०८२ २०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App