८ भाद्र २०८३ सोमबार
image/svg+xml
अपराध

१० तोला सुनका गरगहना चोरी गर्ने युवक पक्राउ

पर्वतबाट चोरी गरिएको १० तोला सुनसहित एक युवक पक्राउ परेका छन्।

मोदी गाउँपालिका–२ पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरबाट विभिन्न सुनका गरगहना गरी चोरी गरिएको १० तोला सुनसहित मोदी गाउँपालिका–५ बाजुङ बस्ने ३० वर्षीय खड्क बहादुर कुँवर पक्राउ परेका हुन्।

घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ६ जनाको टोली खटिएको थियो।

प्रहरी टोलीले चोरीका १० तोला सुनसहित कुँवरलाई नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८३ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App