२८ फाल्गुन २०८१ बुधबार
image/svg+xml १५:५५ अपराह्न
अन्य

यौनको कीर्तिमानी शोख

यस्ताे पनि!

मान्छेलाई कस्ताकस्ता कुरामा शोख लाग्छ भन्ने उदाहरण पछिल्लो पटक देखिएको छ। बेलायतको नटिंगमशायरकी टिया बिलिङ्गरले १२ घण्टामा एक हजार युवालाई यौन सन्तुष्टि दिएर कीर्तिमान बनाएकी छन्। अश्लील साइट वन्ली फ्यान्समा विभिन्न अश्लील हाउभाउ देखाएर महिनाको ६ लाख पाउन्डसम्म कमाउने गरेकी टियाले कलेज जाने युवाहरूसँग सुतेर यो कीर्तिमान बनाएकी हुन्। त्यसो त यो कीर्तिमानमा केही वयस्कसमेत आएका थिए।

उनले एक हजार जनासँग जम्माजम्मी १२ घण्टामा यौन सम्पर्क गरेर विश्व कीर्तिमान बनाएको दाबी उनको टोलीको छ। डेली मेल पत्रिकाका अनुसार, टियाले एक हजार सन्ताउन्न जना युवासँग सुत्ने तयारी गरेकी थिइन् तर १२ घण्टाको हदम्याद भएका कारण बाँकी ५७ जना भने लाइनमा लाग्दालाग्दै समय सकिएको थियो।

टियाको सित्तैमा यौन कार्यक्रममा आफू एक्लैले मजा लिनेबारे सोचेर पुगेका एक युवाले भने त्यहाँ पुगेपछि लाइन लाग्नु परेकामा दिक्क मानेर कार्यक्रमको मज्जा नलिई फर्किएको न्यूजविक अनलाइनले जनाएको छ।

ती युवाले पत्रिकामा भनेका छन्, ‘एक चोटिमा ३० देखि ४० युवा उनको वरिपरि देखिन्थे। म पनि लाइनमा लागेँ। उनी बीचमा थिइन् र केटाहरू मनलाग्दी गरिरहेको देखेँ।’

टियालाई सघाउन उनको टोली रहेकाले कुनै पनि किसिमको घच्चाघच्ची भने नदेखेको ती युवाले बताएका छन्।

पछि टियाको इन्स्टाग्राम अकाउन्टमा कार्यक्रमको झल्को भनी एउटा भिडियो पोस्ट गरिएको थियो। सो पोस्टमा कोठाभरि केटाहरूको भिड देखिन्थ्यो।

समाचारअनुसार, पहिला युवाहरूलाई एक एक गरेर सन्तुष्टि दिने योजना टियाको थियो तर सामूहिक सन्तुष्टि दिन नसके आफ्नो लक्ष्य पूरा नहुने देखी उनले सामूहिक यौन क्रियाकलापमा सहभागी भएकी थिइन्।

कार्यक्रमको सफलतालगत्तै टियाले सहभागी सबै, किशोर तथा वयस्कहरूलाई धन्यवाद दिएकी छन्। उनीसँग भेट्ने लालसामा आएका ५७ जनाले अवसर नपाएकामा भने उनले दुःख व्यक्त गरेकी छन्।

‘अरूको घर बिगार्ने आइमाई’ भनी आलोचना गर्नेहरूलाई भने उनले भनेकी छन्, ‘तिम्रा लोग्नेहरूलाई सन्तुष्ट बनाऊ, तिनको फेन्टासी पूरा गर, त्यसपछि उनीहरूले ममाथि पैसा लुटाउने छैनन्।’

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ८ माघ २०८१ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App