भारतमा एक व्यक्तिले तान्त्रिकको सल्लाहमा बच्चा जन्माउने इच्छा पूरा गर्न जिउँदो कुखुरा निल्न खोज्दा ज्यान गएको छ।
छत्तीसगढस्थित अम्बिकापुरको एक गाउँका ३५ वर्षीय आनन्द यादवले आफ्नो प्रजनन क्षमता बढाउन जीवित चल्ला निल्न खोज्दा ज्यान गएको हो। चल्ला श्वासनलीमा अड्किएर उनको मृत्यु भएको बताइएको छ। यादव र उनकी श्रीमती बिहेको वर्षौं भैसक्दा पनि आमाबाबु बन्न सकेका थिएन्। त्यसपछि बाबु बन्ने आशामा उनीहरु एक तान्त्रिककहाँ गए
उनैले दिएको उपायका कारण उनले यस्तो कदम उठाएको बताइएको छ। नुहाएपछि ढलेका यादवलाई अस्पताल लगिएको थियो। तर चिकित्सकले बचाउन सकेनन्। शव परीक्षणमा चल्ला भेटिएपछि मृत्युको कारण पत्ता लागेको हो। उपचारका संलग्न चिकित्सकले भनेका छन्, ‘मैले यस्तो बिरामी १५ हजार शव परीक्षणमा पहिलो पटक भेटे।’
स्थानीयले अन्धविश्वासको कारण यादवले चल्ला निलेको भनेका छन्। यो घटना अनुसन्धानको विषय बनेको छ। भारतमा झण्डै तीन करोड मानिस प्रजनन स्वास्थ्य समस्यासँग जुध्दै आएका छन्। आधुनिक उपचारमा औषधि, शल्यक्रिया र आईभीएफ समावेश भएपनि भारतीय समाजमा अहिले पनि तन्त्रमन्त्रको सहारा लिने गरिएको छ। साउथ चाइना मर्निङ पोस्टबाट
प्रकाशित: १२ पुस २०८१ १७:५२ शुक्रबार