१० पुस २०८१ बुधबार
image/svg+xml
अन्य

देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी हुन्‌ हिमपातको सम्भावना भएका प्रदेश

तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ

फाइल तस्विर

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। 

महाशाखाका अनुसार कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिममा भने दिउँसो आंशिक बदली हुनुका साथै एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति सामान्यतयाः मौसम सफा रहने जनाइएको छ। 

आगामी २४ घण्टामा तराई र उपत्यका क्षेत्रमा बिहानको समयमा हुस्सु र कुहिरोको सम्भावना छ। 

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रामा सावधानी अपनाउन भनिएको छ।

प्रकाशित: २ पुस २०८१ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App