९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

पोखरा विमानस्थल प्रकरणमा किराती : ठूला माछा समुन्द्रमा खेल्दै, साना तेलमा फ्राई हुँदै

नेकपा (माओवादी केन्द्र)का नेता सुदन किराती पछिल्लो केही समयदेखि सञ्चार माध्यमहरूमा सार्वजनिक भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला प्रकरणमा बोलेको छन्। 

विमानस्थल निर्माणका क्रममा घोटाला भएको समाचार बाहिर आइरहँदा किरतीले यस प्रकरणमा छानबिन हुनुपर्ने संकेत गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कसले कति खानका लागि पोखरा विमानस्थल निर्माण गरेका हुन् ती व्यक्तिमाथि छानबिन गर्नुपर्ने बताएका हुन्।

उनले घुस खुवाउनेहरू सबै गधा भएको बताउँदै ठूला माछाहरू यति बेला समुन्द्रमा खेल्दै गरेको र खुवाउने साना माछाहरू तेलमा फ्राई हुन लागेको समेत जिकिर गरे।

उनले भने, 'हाम्रो अगाडि आज पोखरा विमानस्थल चर्चाको शिखरमा छ। कति-कति खानलाई, कस-कसले खानलाई, त्यो विमानस्थल निर्माण भयो? जे-जति खाए वा खाएनन् त्यो छानबिनले प्रमाणित गर्ला, अनुभवले देखाउँछ खानेहरू समाजमा महान् छन्, खुवाउनेहरू सबै गधा भए। अर्थात् ठूला माछाहरू यति बेला समुन्द्रमा खेल्दै छन्, खुवाउने साना माछाहरू तेलमा फ्राई हुन लागेका छन्।'

साथै किरताीले धरानमा विमानस्थल बनाउन चाहेको प्रसंगलाई उठाउँदै भने, 'म धरानमा विमानस्थल बनाउन चाहान्थे तर काम भावनाले मात्र हुँदैन रहेछ। सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुन बमोजिम काम गर्नुपर्ने हुन्छ। यदी कानुन विपरीत कसैले काम गर्छ भने त्यो भ्रष्टाचार हुन जान्छ। कुनै बेला त्यो भ्रष्टाचार प्रमाणित भएपछि निर्णय गर्ने व्यक्ति जेल जानु पर्छ। कुनै पनि ठूला योजनाहरू संचालन गर्नु अगाडि अनिवार्य रूपमा प्राविधिक, आर्थिक , व्यापरिक र वातावरणीय अध्ययन गर्नुपर्छ। अन्यथा त्यो परियोजना चल्दैन।'

किरातीले आफूले धरानमा विमानस्थल नबनाएर देशको सम्पत्ति दुरुपयोग हुनबाट जोगाएको दाबी समेत गरेका छन्।

‘मलाई देशको सम्पत्ति दुरुपयोग गर्नु थिएन। जनतालाई ऋणको भारी बोकाउनु थिएन। धरानमा विमानस्थल बनाउनु नसकेकोमा म असाध्य दुखी छु तर नबनिने स्थानमा बनिन्छ भन्दै चुनावी नारा बनाएर जनतालाई मुर्गा बनाउने खेलको मैले सदाका लागी अन्त्य गर्न सकेको छु,’ उनले थप लेखेका छन्।

किरतीले जिम्मेवारीमा बसेर अब उप्रान्त कसैले पनि भैँसीसँग कुखुराको भाले साट्ने मुर्खता नगरी देश र जनतालाई छातिमा राख्न सुझावसमेत दिएका छन्। 'जिम्मेवारीमा बसेर अब उप्रान्त कसैले पनि भैँसीसँग कुखुराको भाले साट्ने मुर्खता नगरौं। देश र जनतालाई छातिमा राखौं,' उनले भनेका छन्।

यो पनि पढ्नुहोस्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: निर्माणको क्रममा १४ अर्बको घोटाला

प्रकाशित: ९ वैशाख २०८२ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App