७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

प्रेमिका भेट्न घरमा अाएका प्रेमीको घाँटी थिचेर हत्या

बारा–कलैया–६ का सन्तोष साहको हत्या भएको खुलेको छ। उनले प्रेमिका निभा कुमारीसँग जबरजस्ती बिहे गर्न खोज्दा हत्या भएको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरेर विवरण सार्बजनिक गरेको छ।मृतक साहले बिहीबार बेलुका कलैया–४ की प्रेमिका निभालाई फोन गरेको र निभाकै आग्रहमा घरमा भेट्न गएको खुलेको छ। घरमा पुगेपछि साहले निभामाथि बिहेकाे दबाब दिएपछि परिवार नै मिलेर उनको हत्या भएको अनुसन्धानमा देखिएको बाराका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले बताए।

निभालाई साहले बिहे गर्ने भन्दै सिन्दुर लगाउन खेजेका र निभाले नमानेको शर्माले खुलाए। 'बिहेको योजना बनाएर सिन्दुर पोतेसहित साह आएको कुरा निभाले आमा, बुबा र भाइलाई बताएको देखिन्छ', शर्माले पत्रकार सम्मेलनमा भने 'चारैजना हत्यामा संलग्न देखिन्छन्।'

साहको घाँटी थिचेर हत्या गरेपछि शव कलैया–१ स्थित खेतमा फालेका थिए। साउण्ड सर्भिसको काम गर्दै आएका साह बिवाहित थिए। अबिवाहित निभा कलैयाकै एक विद्ययालयकी शिक्षक हुन्।

निभा, उनका बुबा शिव प्रसाद साह, आमा सुमित्रादेवी साह र भाइ कन्हैया साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सन्तोष साह र निभा तीन बर्षदेखि निकट थिए। पछिल्लो समय उनीहरुबीच तनाव उत्पन्न भएको पनि प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक शर्माले बताए।

प्रकाशित: ५ चैत्र २०७२ ०६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App