१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

हत्या अारोपी पक्राउ

बर्दिया—खुडा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ठाकुरद्वारा ४ बस्ने ६९ बर्षिय जोर थापालाई बुधबार राती घरमा श्रीमतीसँग सुतिरहेको अवस्थामा खुडा प्रहार गरी हत्या गरेको आरोपमा सोही गाउँका अजिब बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।फरार रहेका हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिई शुक्रबार दिउसो पत्रकारलाई जानकारी गराएको हो। प्रारम्भिक अनुसन्धानबाट व्यक्तिगत रिसइबीले थापालाई खुडा हानेर हत्या गरेको बयान दिएको एसपी भोजजंग शाहले बताए।

प्रकाशित: ७ फाल्गुन २०७२ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App