१३ मंसिर २०७९ मंगलबार
विचार

राजनीति केका लागि?

बिपीले एकपटक हामीस“गको भेटमा भन्नुभएको थियो– नेतृत्वपंक्तिले गलत गरिरह“दा पनि टुलुटुलु हेर्ने कार्यकर्ता कि उनका चरम अवसरवादी हुन् कि त उनका दास हुन्। त्यसैले दास बनेर समाज चल्न सक्दैन। देश बन्न सक्दैन। क्षणिक स्वार्थका लागि कुनै व्यक्तिको विकास होला तर त्यो पछि गएर सबैका लागि अभिशाप बन्न सक्छ। बिपीले भन्नुभएको जस्तो समाज र राजनीति आज छैन।  

कुनै समय राजनीति गर्ने व्यक्तिलाई समाजमा मान, सम्मान, इज्जत दिने गरिन्थ्यो। किनभने उनीहरूमा नैतिकता थियो। इमानदारिता थियो। देश र समाजप्रति उत्तरदायित्व थियो। समाजका मानिसप्रति दुःख, सहानुभूति हुन्थ्यो।  

गाउ“मा कुनै घटना हुँदा यो मेरो दायित्व हो भनेर साथ/सहयोग दिने गरिन्थ्यो। त्यसैले समाजमा पनि पदीय दायित्व ग्रहण गरेको व्यक्तिप्रति समाजले आदर र सम्मानले हेर्ने गथ्र्यो। तर आज राजनीतिमा ठूलो विकृति आएको छ। पदीय दायित्वमा बसेका व्यक्तिहरू अधिकांश भ्रष्ट छन्। नैतिकता गुमाएका छन्। आफ्नो दायित्व बिर्सेर देश र समाजका लागि मैले के गर्नुपर्छ भन्ने अनुभूति छैन। त्यसैले समाजमा अन्याय, अत्याचार, भ्रष्टाचार, अनैतिक मौलाएको कुरा सबैका सामुन्ने छर्लङ्ग छ।  

नातावाद, कृपावाद, चाकडीबाज, पक्षपातले गर्दा गलत मानिस समाजमा अगुवा हुन् पुगेको छ। त्यसकारण राष्ट्र र समाजले राष्ट्रियताको भावना भएको व्यक्तिको खोज गर्न आवश्यक छ। चुनाव आउ“दा मुलुकमा ठूलो परिवर्तन ल्याउनेछौँ भन्ने नेताहरूको झुटो आश्वासनले समाज आज तरंगित बनेको छ। जबसम्म आफूले बोलेको कुरा आफ्नो समाजमा पूरा गर्न सक्दैनौँ भने हामीले बोकेको दायित्वले गर्दा मुलुकलाई समेत अप्ठ्यारो परिस्थितिमा पुर्‍याएको छ। त्यसकारण सक्षम इमानदार, नैतिकवान, चरित्रवान र समाजको दायित्व बोक्न सक्ने असल मानिस खोजी गर्नु आजको आवश्यकता हो। नेता गलत गर्दै जाने कार्यकर्ता थपडी बजाउ“दै जाने हो भने अथक परिश्रमबाट प्राप्त भएको लोकतन्त्र त धरापमा पर्छ नै, राष्ट्रियतामाथि नै खतरा पैदा हुन जान्छ।  

हामीले निर्भिकतवरले आफूले बोकेको दायित्व पूरा गर्न सक्यौँ भने देशको मुहार फेर्न समय लाग्दैन। मलाई दुःख लाग्छ कि मैले राजनीति तथा समाजमा काम गर्दै गरेको आज ४० वर्ष कट्यो। राजनीतिमा निःस्वार्थ भएर समर्पित भएका हामी जस्ता कार्यकर्ता स्थान नै नपाउने हो त? ६ महिनाअगाडी पार्टीमा प्रवेश गरेका व्यक्ति पद र पैसाले सम्मानित भएका देखिन्छन्। तर जीवनभर राजनीतिमा होमिएका, दुःख पाएका, पार्टीमा सिपाही भएर निरन्तर सेवा गर्दै आएका व्यक्ति सधै“ झोले बनिरहनुपर्ने हो त? पार्टीभित्र म जस्ता हजारौँ साथी दुःख र पीडाले पिरोलिएका छन् तर नेताहरू नातावाद, कृपावादमै रुमलिएका छन्। पक्षपात गरेको देखिन्छ।  

यो नै अहिलेको सबैभन्दा ठूलो विडम्बना हो। आज हाम्रा देशका लाखौ“ युवा विदेश पलायन भएका छन्। रोजिरोटीकै लागि खाडी मुलुकको चर्को घाममा आफ्नो जीवन बिताउन बाध्य भएका छन्। के यो कुरा नेताहरूलाई थाहा छैन र? नेपालमै युवाहरूलाई रोजगार दिने विषय भाषणमा होइन, यथार्थमा गएर युवाहरूको क्षमताअनुकूल रोजगार दिन सक्नु हाम्रो कर्तव्यभित्र पर्दैन र? युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सरकारको प्रष्ट नीति छैन।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मुलुकका ७ सय ५३ वटै स्थानीय तहबाट संकलन गरेको तथ्यांकअनुसार नेपालमा १७ लाख बेरोजगार छन्। यो मुलुकको कुल श्रमशक्तिको २१.५४ प्रतिशत हो। आर्थिक वर्ष २०७५–०७६ मा वैदेशिक रोजगारीमा ५ लाख ८ हजार ८ सय २८ नेपाली युवा विदेशिए। नेपाल राष्ट्र बैंकका अनुसार आ.व. २०७५–०७६ मा सरकारले वैदेशिक रोजगारीबाट ८ खर्ब ७० अर्ब रुपिया“ रेमिट्यान्स जम्मा गर्‍यो। युवाहरूलाई विदेश पठाउनु मन्त्रीका लागि गौरवको विषय बनेको छ। यति लाख युवा बाहिर पठाउन सफल भयौँ भनेर गौरव गरेको सुनिन्छ। कहिलेसम्म यस्तो गर्व गरिरहने? स्वदेशमै उद्योगधन्दा खोलेर युवाहरूलाई रोजगारी दिलाउने कहिले हो?शैक्षिक प्रमाणपत्रका आधारमा सहुलियत कर्जा प्रदान गरेर युवाहरूलाई उद्यमतिर लगाउनुपर्छ।

युवाका लागि वार्षिक अर्बौँ बजेट छुट्याइएको छ तर प्रत्यक्षरूपमा लाभान्वित हुने युवाको संख्या नगन्य मात्रामा छ। नेपाललाई सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रमा पुग्नका लागि शिक्षालाई गुणस्तरीय, व्यावसायिक, सिपमूलक र रोजगारमूलक बनाउ“दै सम्पूर्ण युवाको पहु“च सुनिश्चित गर्ने भन्दै ‘युथभिजन २०२५ सहित १० वर्षको रणनीतिक योजना’ सरकारले अघि सारेको छ। तर सरकारको यो भिजनबारे युवा नै बेखबर छन्। युथभिजनमा युवालाई कस्ता योजना र कस्तो कामदारका लागि परिचालन गर्ने एकिन भिजन परिषद्स“ग नभएको यो क्षेत्रमा काम गर्दै आएका संघ/संस्थाले आरोप लगाउ“दै आएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वयम्सेवक, शिक्षामा युवा कार्यक्रम, कृषिमा युवाका लागि महत्वपूर्ण युवामैत्री योजना सरकारले अघि सारे पनि युवाको सहभागिता भने खासै देखिएको छैन।

जसरी विदेश मुलुकहरूले नेपालमा वैदेशिक सहयोग,प्रदान गरेर नेपालको उन्नतिका लागि सोच बनाएका छन्, त्यसरी नै प्राप्त अनुदान नेपालमा उद्योग, विद्युत्, विभिन्न कलकारखाना, कृषि क्षेत्रमा समेत लगानी गरी आधुनिक ढंगबाट देश विकासको कार्यमा युवाहरू समेट्न सकिँदैनथ्यो र?त्यसैले आज मुलुकमा युवाहरूको अत्यन्त खा“चो भएको छ। देशलाई परिवर्तन गर्न सक्ने युवाहरू हाम्रो देशमा नभएका होइनन्। युवाहरूको योग्यता, क्षमता, सिप, अध्ययनलाई हामीले उपयोग गर्न सक्यौँ कि सकेनौँ?भन्ने प्रश्न पनि खडा भएको छ।सा“च्चै भन्ने हो भने क्षमताअनुकूल युवाहरूमा चाहे महिला होस् या पुरुषलाई अवसर प्रदान गर्ने हो भने मुलुक परिवर्तन गर्नमा समय लाग्दैन भन्ने सोच हामी सबैमा हुनुपर्ने देखिन्छ।  

भर्खर सम्पन्न स्थानीय तहको चुनावमा काठमाडौ“का मेयर बालेन शाह, धनगढीका मेयर गोपी हमाल हुन् या धरानका मेयर हर्क साम्पाङ हुन्, उहा“हरूमा समाज परिवर्तन गर्नुपर्छ भन्ने ऊर्जा, उत्साह, सपनाले पनि हामीलाई घच्घच्याएको हुनुपर्छ। महँगीका कारण सर्वसाधारण मानिसले आफ्नो दैनिक जीवनयापन गर्न पनि बाध्यात्मक अवस्था छ। नागरिकले पटक–पटक सरकार नै नभएको अनुभूति उहा“हरूको शब्दमा सुन्न पाईन्छ। त्यसैले पद र पैसाका लागि मात्रै राजनीति गर्ने व्यक्तिले राजनीति गर्नुहु“दैन। अभिभावकका रूपमा जिम्मेवारी बहन गर्न सके समाजमा रहेका दुःखी, गरिब, टुहुरा र अनाथले पनि उचित न्याय पाएको महसुस गर्न सक्छन्।

त्यो आज हाम्रो समाजमा हाम्रो सरकारकाबीच निकै खड्केको आभाष हुन्छ। समयमै मानव र मानवताको विषय नै सरकारले उच्च प्राथमिकताकासाथ सम्मान गरेको खण्डमा यस्ता विषयले स्थान पाउन सक्दैनन्। नेपालमा खान नपाएर रोजीरोटीको जोहो गर्न नपाएर आत्महत्यासमेत गरिरहेका उदाहरणलाई समेत समयमै सरकारले ध्यान दिन जरुरी हुन्छ भन्ने लाग्छ। यसपालिको चुनावपछि राजनीतिक दृश्य फेरिनुपर्छ। नत्र भावी सन्तति र पुस्ताले यो भन्दा बढी दुःख भोग्नुपर्नेछ।  

प्रकाशित: ११ आश्विन २०७९ ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App