४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
विचार

जातीय भेदभाव

यी कुरा यथार्थ, वास्तविक र सही हु“दाहु“दै पनि व्यवहारमा लागु हुन सकेको छैन । सही कुरा व्यवहारमा आउन नसक्नुमा अज्ञानता र सामाजिक परिपाटी दोषी छन् । अज्ञानले गर्दा जातीय भेदभाव र जातीय भावना उब्जिएका र मौलाएका हुन् । यी कुरा संसारकै सन्दर्भमा गर्न सकिन्छ किनभने संसारका कतिपय ठाउ“मा अझै पनि यस्ता भेदभाव र भावनाले गर्दा मान्छेको अस्तित्व संकटमा परिरहेको छ भने शान्ति, सुख र विकासमा बाधा भइरहेको छ ।

मानव उत्पत्ति भएर विस्तार र विकास हुने क्रममा मानवीय अज्ञानताले गर्दा नै जातीय भेदभाव उब्जियो र त्यस भेदभावका कारण जातीय भावना जन्मियो । बेला–बेलामा देखा पर्ने हिन्दु–मुस्लिम, मुस्लिम–क्रिस्चियन, सिया–सुन्नी आदिका बीचको अन्तरविरोध र संघर्ष यसका ज्वलन्त उदाहरण हुन् । संसारका कुरा गर्दै गरौंला अहिले नेपाल र नेपालीको सन्दर्भमा मात्र सीमित रहेर केही सत्य–तथ्य पहिल्याउने प्रयास गरौं । 
नेपाल यही संसारभित्रै रहेकाले यहा“ पनि पहिले जातीय भेदभावको जन्म भयो र त्यस भेदभावयुक्त परिपाटीले नेपालीहरूको सुख, शान्ति र समृद्धिमा बाधा पुगिरहेको छ । आज पनि अज्ञानताले गर्दा जातीय भेदभावका 
कुसंस्कार रहिरहेका छन् । कतै–कतै, कहिलेकाहीं, कसै–कसैबाट 
तल्लो–उपल्लो वा सानो–ठूलो जातको कुरा सुन्नुपर्छ र भेदभावयुक्त व्यवहार गरेकोसमेत देख्नुपरेको छ, भोग्नुपरेको छ । 
नेपालीहरूका धेरैजसो आचर–विचार, नीति–नियम, धर्म र परम्परा वेद, उपनिषद्, पुराण, स्मृति आदि शास्त्रहरूमा आधारित मानिन्छन् तर उल्टो किसिमले वा बंग्याएर मानिएको छ । ती शास्त्रलाई राम्रोस“ग अध्ययन नगरिकन र ती शास्त्रको मर्म नबुझिकन “शास्त्रले यस्तो भनेको छ” भन्दै शास्त्रविपरीत कुरा र काम गरिएको छ । ती शास्त्रमा जातीय भेदभावका कुरै छैनन्, ती शास्त्रमा सबै प्राणी ईश्वरका रचना र प्राणीमध्ये विकसित र चेतनशील प्राणी सबै मान्छेलाई ईश्वरको समान अंश मानिएको छ ।
हुन त भारतलगायत संसारका कतिपय क्षेत्रमा रहेका मान्छेका पनि आचार–विचार, धर्म, परम्परा आदिको मूल आधार तिनै शास्त्र हुन् तर यहा“ पनि नेपाल र नेपालीमै सीमित रहेर सत्य–तथ्य पत्ता लगाउ“दा–नेपालीहरूको मूल आधार शास्त्र वेद हो र अन्य आधार उपनिषद्लगायतका शास्त्र हुन् । वेदको सार वेदान्त दर्शन हो । वेदान्त दर्शनमा “ब्रह्मसत्यम् जगन्मिथ्या जीवो ब्रह्मैव नापर÷ जीव वा मान्छेमा ज्ञान प्राप्त नहु“दासम्म मात्र ऊ जीव हो, ज्ञान प्राप्त हुनेबित्तिकै ऊ ब्रह्म हो” भनिएको छ । यसबाट यो सत्य–तथ्य पत्ता लाग्छ कि मान्छे ज्ञान÷अज्ञानका आधारमा ठूलो÷सानो हुनसक्छ जात वा जन्मेको आधारमा ठूलो÷सानो कहिल्यै हु“दैन ।
नेपालमा विभिन्न थर भएका कुमाइ, जैसी, झा, उपाध्याय जस्ता उपाधि भएका ब्राह्मण वा बाहुनलगायत विभिन्न थर भएका क्षत्री, राई लिम्बु, नेवार, गुरुङ, मगर, यादव, साह, कुर्मी, गुप्ता, राजवंशी, चमार, लोहार, कामी मुसलमान, दमाई सतार आदि १०० भन्दा धेरै जाति अस्तित्वमा छन् । के कुरा सत्य हो भने करोडौैं वर्षपहिले पृथ्वीमा घस्रिने, उफ्रने, हिँड्ने, उठ्ने आदि विभिन्न जीव वा प्राणी अस्तित्वमा आएका हुन् । लाखौं वर्षपहिले तिनै प्राणीमध्येबाट अचेतन अवस्थाको वा अहिलेको जस्तो चेतना नभएको मान्छे प्राणीको उत्पत्ति भएको हो । त्यही मान्छेबाट मान्छेहरूको विस्तारका साथै चेतनाको जन्म र विकास भएको हो । चेतनाको विकासको क्रममा बुद्धिको जन्म र विकास भयो । विस्तार वा धेरै भएपछि एकै ठाउ“मा अटिने र बसिने कुरो भएन । विस्तारित मान्छे समूह–समूह भएर हिँड्न–बस्न थाल्यो । समूहहरू भिन्न–भिन्न ठाउ“मा हिँड्दै–बस्तै र विकसित हु“दै जा“दा भिन्न–भिन्न प्राकृतिक वातावरणले गर्दा ठूला–साना नाक, अग्ला, होचा, काला, गोरा जस्ता केही भिन्नरूपमा विकसित भए । वातावरणीय प्रभावमा त्यस्तो रूपात्मक भिन्नता सधैं भइरहन्छ । मान्छेको चेतनाका साथै बुद्धिको विकास हु“दै आएपछि उनीहरूले आ–आप्mनै किसिमको चिन्तन, नया“– नया“ कुराहरूको खोजी र आविष्कार गर्दै आए ।
लगभग ई. पू. २००० वर्षतिर निर्माण भएको ब्राह्मण ग्रन्थमा “य ब्रह्मं जानाति स ब्राह्मण– जसले ब्रह्मलाई जान्दछ त्यो ब्राह्मण हो” भनिएको छ । अनि “ब्रह्म” भनेको “प्रकृति, ईश्वर र पदार्थज्ञान हो” भन्ने उल्लेख छ । ब्रह्मको व्याख्या गर्ने क्रममा “जीवनजगत् वा यो संसार नै ब्रह्म हो” भन्ने उल्लेख छ । खास र प्रष्ट कुरो के हो भने जीवनजगत् वा संसारका बारेमा केही कुरा जान्नेलाई ब्राह्मण भनियो । सभामुख, सांसद, क्याम्पस प्रमुख आदि पद जस्तै ब्राह्मण वा बाहुन ब्रह्मलाई जान्ने काम गर्ने एउटा पदवी हो । वास्तविकता यस्तो हुन आउ“छ कि ब्रह्म वा जीवन–जगतका बारेमा जान्ने व्यक्ति कामी, दमाई, चमार, लोहार, पासवान, राई, लिम्बु, गुरुङ, मगर, यादव, थारू, मुसलमान आदि जो भए पनि त्यो बाहुन हो । कुमाई, जैसी, झा, उपाध्याय जस्ता बाहुन पदहरूका सन्दर्भमा उपनिषद् शास्त्रमा उपाध्यायको चिनारी यस्तो छ– “यःवेदमधिते सःउपाध्याय –जसले वेद पढ्छ वा जान्ने काम गर्छ त्यो उपाध्याय हो ।” शास्त्रअनुसार आज कामी, दमाई, मगर, राई, यादव, झा, जैसी, कुमाई, उपाध्याय, मुसलमान आदि भनिएका जो कोहीले पनि वेद पढ्छ वा जान्ने काम गर्छ भने त्यो उपाध्याय हो र वेद नपढेको वा नजानेको मान्छे उपाध्याय भनिएको भए पनि उपाध्याय होइन ।
सारांशमा भन्दा समूह सञ्चालनमा नीति–निर्माण गर्ने मान्छेलाई बाहुन भनियो, निर्माण भएका नीति–नियमअनुसार कुनै क्षेत्रमा समूह सञ्चालन गर्नेलाई क्षत्री, व्यापार वा सामान लेनदेन गर्नेलाई वैश्य र खेतीपाती, पशुपालन आदिको काम गर्नेलाई शुद्र भनिएको हो । त्यतिखेर अथवा ई. पू. ४००० तिरदेखि ई.पू. १००० तिरसम्म जातीय विभाजन वा नामकरण भएको थिएन । सबै मान्छेजात थिए, समान थिए र कार्य विभाजनअनुसार काम गर्थे । ब्राह्मण, क्षत्री, वैश्य, शुद्र जस्ता कामअनुसारका नाम वा पदको उल्लेख शास्त्रहरूमा छ र शास्त्रहरूमा उल्लेख नभए पनि त्यहीअनुसार पछि निर्माण भएका कामी, दमै, सु“धार, गुरुङ, मगर राई, लिम्बु, यादव, साह, माझी, थारू, मुसलमान आदिका सन्तान–दरसन्तान हु“दै आए र बढ्दै आए । तिनैलाई “यी हुन्” भनेर चिन्ने–चिनाउने सन्दर्भमा जात–जातिको निर्माण वा नामकरण हु“दै आएको हो ।

प्रकाशित: ४ जेष्ठ २०७१ २२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %